Logo

आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने आईएमएफको प्रक्षेपण, विकास खर्च हुन नसक्नु मुख्य चुनौती

आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने आईएमएफको प्रक्षेपण, विकास खर्च हुन नसक्नु मुख्य चुनौती


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक बृद्धिदर ५ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आईएमएफले नेपाल राष्ट्र बैंकमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा सार्वजनिक गरेको हो । सरकारले ६ दशमल ५ प्रतिशतको लक्ष्य लिएकोमा आईएमएफले सोभन्दा १ प्रतिशत कम हुने प्रक्षेपण गरेको हो ।

आईएमएफले गत वर्षको तुलनमा यो वर्षको राम्रो मनसुन, चुस्त मौद्रिक नीति तथा सरकारी खर्चमा आधारित मानेर ५ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिद्धर सम्भव रहेको जानकारी दिएको छ । तर, देशमा भइरहेको न्युन विकास बजेट खर्च भने मुख्य चुनौतीको विषय रहेको आईएमएफको भनाइ छ ।

भारतको ५ सय र १ हजारको नोटको बन्देजसँगै त्यसको असर नेपाली अर्थतन्त्रमा परेको समेत आईएमएफले औल्याएको छ । व्यवसायी तथा सर्वसाधारणसँग भएको प्रतिबन्धित भारुले उनीहरुको क्रय शक्तिमा कमि आउने बताएको छ ।

राष्ट्र बैंकसँग विदेशी विनिमय सञ्चिती बलियो रहेको भन्दै त्यसले आयात निर्यातमा त्यति ठूलो असर नगर्ने आईएमएफको तर्क छ । आईएमएफ टोलीले विभिन्न विषयमा जनवरी ११ देखि २३ सम्म नेपालको भ्रमण गरेर अर्थमन्त्री, गभर्नर, निजी क्षेत्र लगायतसँग छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL