Logo

असारभित्र एक परिवार एक रोजगार कार्यक्रम कार्यान्वयन, थपिएलान ५० हजार स्वरोजगार ?

असारभित्र एक परिवार एक रोजगार कार्यक्रम कार्यान्वयन, थपिएलान ५० हजार स्वरोजगार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले आगामी असार भित्र एक परिवार एक रोजगार नारालाई कार्यान्वयनमा ल्याउने भएको छ । युवार तथा साना व्यवसायी स्वारोजगार कोषलाई ७५ वटै जिल्लामा प्रभावकारी रुपमा अघि बढाइ उक्त कार्याक्रमलाई कार्यान्वयनमा ल्याउन लागिएको हो ।

जस अन्तरगत एक इलाका एक नमुना योजना, एक इलाका एक व्यवसायजस्ता नारालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याइने अर्थमन्त्रालयले जानकारी दिएको छ । उक्त कार्यक्रम कार्यान्यनमा लैजानका लागि कार्यप्रणालीलाई सरलीकृति बनाई शैक्षिक प्रमाणपत्र वा सामुहिक जमानीमा यथासक्दो छिटो ऋण उपलब्ध गराइने भएको छ ।

जसको लागि एक इलाका एक नमुना व्यवसायको कार्यविधी नै तयार गरिने भएको छ । यस्ता क्षेत्रमा लाग्ने युवाहरुलाई सीप विकास तालिम केन्द्र तथा साना तथा घरेलु विकास समितिको कार्यालहरुबाट तालिम उपलब्ध गइने छ भने चालू आर्थिक वर्ष भित्र थप ५० हजार स्वरोजगार सिर्जना गरिने मन्त्रालयले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL