Logo

संघीयताको विरोधमा नुवाकोटमा चल्यो गोली, झडपमा १५ प्रहरी घाइते

संघीयताको विरोधमा नुवाकोटमा चल्यो गोली, झडपमा १५ प्रहरी घाइते


बिजखबर संवाददाता
0
Shares

नुवाकोट । स्थानीय निकाय पुनर्संरचनाको विरोधमा नुवाकोटमा तोडफोड भएको छ । स्थानीय निकाय पुनर्संरचनामा जिल्ला प्राविधिक समितिले सिफारिस गरेको लिखु गाउँपालिकानै अन्य क्षेत्रमा विलय भएपछि स्थानीय बासिन्दाले जिल्ला विकास समितिको कार्यालयमा तोडफोड तथा आगजनी गरेका हुन् ।

विरोधमा नुवाकोटको खानीगाउँ, सूर्यमति, चौघडा र थानसिङ गाविसका स्थानीयबासिन्दाले शुक्रबार जिल्ला विकास समितिको कार्यलयमा तोडफोड गरेका हुन् । राजनीतिक दलहरुको अगुवाईमा आइतबारदेखि चारैवटा गाविस बन्द गरेर बसेका स्थानीयबासी लिखु गाउँपालिका कायम हुुनु पर्ने माग राख्दै सयांैको संख्यामा सदरमुकाम विदुर पुगेका थिए ।

nuwakot-1

पुनर्संचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा लिखु गाउँपालिकामा रहेको खानीगाउँ, सूर्यमति, चौघडा र थानसिङ गाविसलाई अहिले वरपरका अरु चार गाउँपालिकामा एक÷एक गाविस मिलाएर गाउँपालिका हटाइएको छ ।

विरोध पछि झडपमा प्रहरी नायव निरीक्षक सहित १५ जना प्रहरी घाइते भएका छन् । प्र्रदर्शनकारीले विदुरचोकमा आफू चढेर आएको बसलगायतका साधन तेस्र्याएर राखेपछि एक घण्टा भन्दा बढि सडक जाम भएको थियो । उनीहरुले जिल्ला विकास समिति नुवाकोटको दुई वटा गाडी तोडफोड गरेका छन् । आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेपछि जवाफमा प्रहरीले २२ राउण्ड अश्रुग्यांस प्रहार र १२ थान रवर गोली हानेको थियो ।

जिल्ला विकास समितिमा आक्रमणपछि कर्मचारीको बैठकल आइतबारदेखि अत्यावश्यक काम बाहेक सबै काम नगर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL