Logo

निर्यात खुम्चिदा आयातमा ७९ प्रतिशतले बृद्धि, ब्यापार घाटा ८७ प्रतिशतले बढ्यो

निर्यात खुम्चिदा आयातमा ७९ प्रतिशतले बृद्धि, ब्यापार घाटा ८७ प्रतिशतले बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा बस्तु आयात उच्च रुपमा बढेको छ । पहिलो ५ महिनामा आयात ७८ दशमलव ९ प्रतिशतले बढेको छ ।

सो अवधिमा आयात उच्च रुपमा बढ्दा निर्यात भने खुम्चिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सो अवधिमा निर्यात १७ दशमलव १ प्रतिशतले मात्र बढेको छ । यो निर्यात गत आवको तुलनामा कम रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्क अनुसार ५ महिनामा कुल निर्यात ३० अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । तर, आयात भने ३ खर्ब ८२ अर्ब ६४ करोड रुपैयाँको भएको छ । समीक्षा अवधिमा भारतबाट हुने आयात उच्च रुपमा बढेको छ । भारतबाट हुने आयात १ सय ५ प्रतिशतले बढेको छ । यसैगरी चीनबाट भएको आयात ४३ प्रतिशतले बढ्दा अन्य मुलुकबाट भएको आयात पनि ४३ दशमलव ८ प्रतिशतले बढ्न पुगेको छ ।

सवारीसाधन तथा तिनका पार्टपूर्जा, पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपूर्जा, निर्माण सामाग्री लगायतका वस्तुको आयात उच्च रुपमा बढेको छ । तर, कोल्डरोल सिट ईन क्वाईल, हवाईजहाजका पार्टपूर्जा लगायतका वस्तुहरुको आयात घटेको छ ।

समीक्षा अवधिमा चीनतर्फको निर्यात भने बढेको छ । सो अवधमिा चीनतर्फको निर्यात ५५ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । तर, चीनतर्फको निर्यातको आधार भने सानो रहेको छ । सो अवधिमा भारततर्फको निर्यात २२ दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भारततर्फको निर्यात ३९ दशमलव २ प्रतिशतले घटेको थियो । गत वर्ष नाकाबन्दीले गर्दा आयात तथा निर्यातमा उच्च गिरावट आएको थियो ।

वस्तुगत आधारमा जुस, जुटका सामान, खोटो लगायतका वस्तुहरुको निर्यात बढेको छ भने अलैँची, तयारी पोशाक, ऊनी गलैँचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ८७ दशमलव ६ प्रतिशतले बढी ३ खर्ब ५२ अर्ब १ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ३२ दशमलव ४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ प्रतिशतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२ दशमलव २ प्रतिशत रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL