Logo

सुन काण्डसँगै भन्सार विभागलाई अर्थमन्त्री निर्देशन, पुरै कर्मचारी परिवर्तन गर्नु

सुन काण्डसँगै भन्सार विभागलाई अर्थमन्त्री निर्देशन, पुरै कर्मचारी परिवर्तन गर्नु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सबै कर्मचारी परिवर्तन गर्न भन्सार विभागलाई निर्देशन दिएका छन् । त्रिुभवन विमानस्थल भन्सारबाट पटक–पटक चोरीका सुन भित्रिएपछि त्यहाँ खटिएका पुरै कर्मचारी परिवर्तन गरेर भएपनि सुधार ल्याउन दिर्नेशन दिएका हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा अनैतिक गतिविधी बढेपछि अर्थ मन्त्री महराले भन्सार विभागका प्रमुख शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर सो निर्देशन दिएका हुन् । ‘एयरपोर्ट भन्सारमा एउटै कर्मचारी बर्षौ देखी बसेको भन्ने मैले सुनेको छु त्यो हुनुभएन,’ महराले भने, ‘एउटा कर्मचारी एक बर्षभन्दा बढी त्यहाँ राख्न भएन ।’

त्रिभुवन विमानस्थल भन्सारमा वर्षौ देखी एउटै कर्मचारी बसेर तस्करीको सेटिङ गरीरहरको गुनासो आएपछि अर्थमन्त्री महराले यस्तो निर्देशन दिएका हुन् । आधुनिक उपकरण सहित सुरक्षाका सबै कुरा अबलम्बन गरेर भएपनि भन्सारलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउनुपर्ने महराको भनाइ छ ।

भेटमा भन्सार बिभागका महानिर्देशक ढुङ्गानाले तत्कालिन अवस्थामा ड्यिुटीमा रहेका कर्मचारीहरुलाई तानिएको र अरुका बारेमा पनि अनुसन्धान भइरहेको जानकारी गराएका थिए । साथै, त्रिभुवन विमानस्थल भन्सारमा अनावश्यक धेरै कर्मचारी हटाएर थोरै कर्मचारीबाटै चुस्त दुरुस्त सेवा दिने प्रयास भइरहेको समेत उनले जानकारी गराएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL