Logo

मदिरा तथा सुर्तीजन्य बस्तुको विक्री १० देखि ८ बजेसम्म, १८ वर्ष तलकाले किन्न नपाउने

मदिरा तथा सुर्तीजन्य बस्तुको विक्री १० देखि ८ बजेसम्म, १८ वर्ष तलकाले किन्न नपाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले विहान १० बजेदेखि बेलुका ८ बजेसम्म मात्र मदिरा तथा सुर्तीजन्य बस्तुको विक्री वितरण गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने भएको छ । अर्थ मन्त्रालयले ‘समृद्ध नेपालको लागि दिगो आर्थिक विकासको तत्कालीन कार्यान्वयन कार्ययोजना’ जारी गर्दै उक्त व्यवस्था लागू गरेको हो । अबका दिनमा विहान १० बजे अघि तथा बेलुका ८ बजेपछि मदिरा तथा सुर्तीजन्य बस्तुको विक्री वितरण गरेमा कारवाही गरिनेछ ।

मदिरा, चुरोट विक्री वितरण नियमन र व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्य अनुरुप नयाँ व्यवस्था गर्न लागिएको उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले जानकारी दिए । यसैगरी सरकारले मापदण्ड पूरा नगरी मदिरा तथा सुर्तीजन्य बस्तु विक्री वितरण गर्ने व्यवसायीलाई पनि कडा कारवाही गर्ने भएको छ ।

यसैगरी, १८ वर्षभन्दा कम उमेरका मानिसले मदिरा तथा सुर्ती जन्यबस्तु खरिद समेत गर्न पाइने छ । १८ वर्षभन्दा कम उमेरका मदिरा तथा सुर्ती जन्य बस्तु खरिदगर्ने व्यक्ति तथा विक्री गर्ने पसलेलाई समेत कारवाही गरिने भएको छ । यसको आन्तरिक राजस्व विभाग र अनुसन्धान विभागले अनुगमन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL