Logo

विकास समितिको वैठकमा सभासदको प्रश्न, ‘आइफोनमा फोरजी कहिलेदेखि चल्छ ?

विकास समितिको वैठकमा सभासदको प्रश्न, ‘आइफोनमा फोरजी कहिलेदेखि चल्छ ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार विकास समितिको वैठकमा सभासद शान्ता मानवीले प्रश्न गरिन ‘आइफोनमा फोरजी कहिलेबाट चल्छ ?’ उनीमात्र होइन समितिका सभापति रविन्द्र अधिकारीको जिज्ञासा पनि त्यही थियो । त्यस्तै बैठकमा अन्य सभासदहरुले प्रिपेडमा फोरजी सञ्चालनबारे टेलिकमका प्रवन्ध निर्देशक कामीनीराज भण्डारीलाई प्रश्न राखेका थिए ।

सभासदको प्रश्नको उत्तर दिँदै उनले आइफोनमा फोरजी सञ्चालनको प्रविक्रया शुरु गरेको जानकारी दिइन् । ‘आइफोनमा फोरी सेवा उपलब्ध गराउन सिइओ कार्यलयलाई पत्राचार गरेका छौं ,’ उनले भने ‘उताबाट प्रतिक्रिया आउनासाथ सेवा दिने छौं ।’त्यस्तै उनले माघ २२ गतेदेखि प्रिपेडमा फोरजी सेवा सञ्चालन गर्न लागेको जानकारी दिइन् ।

बैठकमा अधिकांश सभासदले नेपाल टेलिकमको सेवा प्रति असन्तुष्टी जनाएका थिए । बेठकमा सभासद मानवीले अन्य इन्टरनेट सेवा प्रदायकको सेवा राम्रो तुलनामा नेपाल टेलिकमको सेवा नराम्रो भएको गुनासो गरिन् । त्यस्तै सभासद गणेश शाहीले सो समितिले यसअघि नै टेलिकमको सेवालाई सस्तो, भरपर्दो ,गुणस्तरीय र सर्वुलभ बनाउन निर्देशन दिएपनि हालसम्म ग्राहकले सास्ती नै भोग्नु परेको बताए । साथै उनले प्रश्न गरे ‘करोडको पूँजीमा अर्वको आम्दानी गर्ने गुणस्तर चै खोई?

बैठकमा टोपबहादुर रायमाझीले सरकारी संस्था डुब्दै गएकोमा चिन्ता लागेको बताए । साथै टेलिकमको अवस्था पनि जनकपुर चुरोट कारखानाको जस्तो हुनसक्ने भन्दै बेलैमा सचेत रहन आग्रह गरे । सभासद रामकुमार भट्टराइले कतिपय स्थानमा नेपाल टेलिकमको टावर नटिप्दा सिम नै बदल्नुपरेको उदाहरण दिँदै एनटिसीको सिम फ्याक्नुपर्ने अवस्था आउन नदिन आग्रह गरे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL