Logo

सरकारको निर्णय विरुद्ध सर्वोच्च जाँदै प्राधिकरणका निवर्तमान सीईओ ज्ञवाली

सरकारको निर्णय विरुद्ध सर्वोच्च जाँदै प्राधिकरणका निवर्तमान सीईओ ज्ञवाली


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले आफुलाई कानुन विपरित बर्खास्त गरेको भन्दै त्यसको विरुद्ध कानुनी उपचारमा जाने प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । ‘अप्ठ्यारो परिस्थितीका बावजुत पनि मैले सरकाले दिएको लक्ष्य अनुरुप काम गरिरहेको थिए,’ उनले भने, ‘सन्तोषजन रुपमा काम गदागर्दै पनि सरकारले अचानक हटाएपछि त्यसको विरुद्धमा अदालत जान लागेको हुँ ।’

सरकारले आज मात्रै ज्ञवालीलाई सीईओ पदबाट बर्खास्त गरेको थियो । ‘भुकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ बमोजिम प्राधिकरणको कार्यकाल पाँच वर्ष रहेको र प्रमुख कार्यकारी अधिकृतको पदमा आफुलाई २०७२ साल पुस १० गतेको मन्त्रिपरिषद्को बैठकबाट उक्त ऐनको दफा ११ बमोजिम ५ वर्षका लागि नियुक्ति गरेको हो,’ उनले भने, ‘पुनर्निर्माण र पुनस्र्थापनाका कार्यलाई दु्रत गतिमा अघि बढाई रहेको अवस्थामा सरकाले आफुलाई अन्यायपूर्ण निर्णग गरी हटाएकोले अदालती प्रक्रियामा जान लागेको हुँ ।’

भूकम्प गएको ८ महिना पश्चात् मात्र गठन भएको प्राधिकरणले विभिन्न जटिलता एवं प्रतिकूलताहरुका बाबजुद राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्बन्धी कार्यलाई योजनाबद्ध रुपमा अघि बढाउँदै सन्तोषजनक र उत्साहपूर्ण उपलब्धीहरु हासिल गरिरहेको कुरालाई अन्तर्राष्ट्रिय समुदायले समेत प्रंशसा गरिरहेको ज्ञवालीको दावी छ ।

ज्ञवालीको काम प्रति असन्तुष्टी व्यक्त गर्दै सरकारले उनलाई स्पष्टीकरण सोधेको थियो । पहिलो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै दोहोर्याएर सोधेको थियो । त्यसलगत्तै आज वसेको मन्त्रीपरिषद्को बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL