Logo

चन्द्रागिरिमा पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना, प्रधान सेनापतिले गरे अनावरण

चन्द्रागिरिमा पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना, प्रधान सेनापतिले गरे अनावरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९५ औं जन्म जयन्तीको अवसरमा चन्द्रागिरिमा उनको मुर्तिचित्र अनावरण गरिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशन स्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरिएको हो ।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित मूर्तिचित्र प्रधान सेनापति राजेन्द्र क्षेत्रीले आज एक कार्यक्रमबीच अनावरण गरेका हुन् । चन्द्रागिरि पर्वत पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धित रहेकाले उनको सम्झनामा मूर्तिचित्र निर्माण गरिएको हो ।

कार्यक्रममा चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत सात वर्षदेखिको अथक मेहनत र निरन्तरको परिश्रम पछि परियोजना सम्पन्न भएको जानकारी दिँदै परियोजना निर्माणमा स्थानीय समुदायबाट प्राप्त सहयोगको प्रशंशा गरे । पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको यस चन्द्रागिरि पर्वतमा उनको २९५ औं जन्मजयन्तीका अवसरमा मूर्तिचित्र निर्माण गर्न पाएकोमा खुशी व्यक्त गर्दै ढकालले चन्द्रागिरि हिल्स सम्पूर्ण पर्यटककहरुका लागि सजिलो गन्तब्यबन्दै गएको बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL