Logo

एनसेललाई प्रस्तोता समाजको सम्मान, संगीत रोयल्टी उपलब्ध गराएको भन्दै कदरपत्र प्रदान

एनसेललाई प्रस्तोता समाजको सम्मान, संगीत रोयल्टी उपलब्ध गराएको भन्दै कदरपत्र प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेल गायक गायिकाहरुको साझा संस्था प्रस्तोता समाज नेपालबाट सम्मानित भएको छ । आरबिटी (रिङ्ग ब्याक टोन) सेवा अन्र्तगतको संगीत रोयल्टी उपलब्ध गराई ऐतिहासिक कार्यको सुरुवात गरेकाले प्रस्तोता समाजले एनसेललाई सो सम्मान प्रदान गरेको हो ।

प्रस्तोता समाजले ‘दोस्रो रोयल्टी वितरण तथा सम्मान समारोह’ का अवसरमा एनसेललाई मंगलबार उसले रोयल्टी संकलनमा गरेको ऐतिहासिक योगदानको सम्मान गर्दै कदरपत्र प्रदान गरेको बताएको छ ।

प्रस्तोता समाजका अध्यक्ष हेमन्त शर्माले उक्त कदरपत्र एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई हस्तान्तरण गरेका थिए ।

दोस्रो रोयल्टी वितरण तथा सम्मान समारोहमा प्रस्तोता समाजले एनसेलबाट प्राप्त चार महिना (जुलाई देखि अक्टोबर २०१६) को रोयल्टी ३० जना गायक गायिकाहरुलाई प्रदान गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL