Logo

एनसेललाई सर्वोत्कृष्ट विज्ञापन करदाता सम्मान,स्थानीय विकास मन्त्रि पाण्डेले दिए कदरपत्र

एनसेललाई सर्वोत्कृष्ट विज्ञापन करदाता सम्मान,स्थानीय विकास मन्त्रि पाण्डेले दिए कदरपत्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले मोबाईल सेवाप्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढि विज्ञापन कर बुझाए बापत सम्मान गरेको छ । काठमाडौं महानगरपालिका कार्यलयले एनसेललाई सोमबार सो सम्मान स्वरुप कदर पत्र प्रदान गरेको हो ।

काठमाडौं महानगरपालिकाको २९ औं महानगर परिषदबाट पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा सो सम्मान प्रदान गरिएको हो । उक्त समारोहका प्रमुख अतिथी संघीय मामिला तथा स्थानीय विकास मन्त्रि हितराज पाण्डेले एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई सो कदर पत्र हस्तान्तरण गरेका थिए ।

कदर पत्रमा लेखिएअनुसार “काठमाडौं महानगरपालिका कार्यलयलाई आर्थिक वर्ष २०७२÷२०७३ मा विज्ञापन कर तर्फ सबैभन्दा बढि भुक्तानी गरी महानगर निर्माणमा अतुलनिय योगदान गरे बापत”एनसेललाई सम्मान गरिएको हो । महानगरपालिकाकार्यलयकाअनुसार, गतआर्थिक वर्ष २०७२/२०७३ मा कार्यलयले रु ४ करोड १७लाख विज्ञापन कर संकलन गरेको थियो । कुल संकलित विज्ञापन करको १ तिहाई योगदान एनसेलले गरेको थियो ।

नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार १ करोड ४३ लाख नेपालीले एनसेलको सेवा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL