Logo

उद्योगी भन्छन्, ब्यापार हाम्रो रहर होइन वाध्यता, उद्योगमा इन्ट्रि देखि एक्जिटसम्म समस्या

उद्योगी भन्छन्, ब्यापार हाम्रो रहर होइन वाध्यता, उद्योगमा इन्ट्रि देखि एक्जिटसम्म समस्या


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले पछिल्लो समय उद्योगीहरु उद्योग स्थापना भन्दा पनि ट्रेडिङ तिर डाइभर्ट हुन बाध्य हुनुपरेको बताए । अहिलेको परिस्थितीले गर्दा उद्योगीहरु ब्यापारमा लाग्न बाध्य भएको उनको भनाइ छ । ‘उद्योग दर्तादेखि खारेजीमा समेत समस्या हुन्छ,’ उनले भने, ‘उद्योगीलाई ब्यापारमा लाग्नुको विकल्प छैन ।’

उद्योगको समस्या कसले सम्बोधन गर्छ भन्ने विषय समेत एकिन नहुने नसकेको मुरारकाको गुनासो थियो । श्रम तथा उर्जाको समस्यामा केही सुधार भएपनि उद्योगको दर्ता देखि खारेजीसम्मका समस्या उस्तै रहेको उनले जानकारी दिए ।

उनका अनुसार उद्योग दर्ताका क्रममा वातावरणीय प्रभाव मूल्याङ्कन आईइइ गर्न पनि ठूलो समस्या रहेको छ । ‘आईइई नगरी जग्गा खरिद गर्दा पछि पास नभइ समस्या हुन्छ,’ उनले भने, ‘आइइइ गरेर जग्गा खरिद गर्न सकिदैन यसले उद्योग स्थापनामा ठूलो समस्या ल्याएको छ ।’

कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले उद्योगीहरुको समस्या समाधान गर्न उद्योग मन्त्रालय तयार रहेको बताए । ‘जिल्लामा उद्योग दर्ता तथा नविकरण भइरहेका छन् तर प्रभावकारी रुपमा सञ्चालनमा आएका छैनन्’ उनले भने ‘त्यस्ता उद्योगलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सहजीकरणका मन्त्रालयले गर्नुपर्ने कामका बारे सुझाव समेत उद्योीले नै दिनपर्छ ।’

त्यस्तै कानुनी रुपमै उद्योग दर्तालगायतको प्रक्रिया परिवर्तन गर्न समेत मन्त्रालय तयार रहेको जोशीले जानकारी दिए । जिल्लामा १ बर्षभित्र के–कस्ता उद्योग सञ्चालन गर्न सकिन्छ र त्यसका लागि के आवश्यक पर्छ खोजी गर्न उद्योगीलाई आग्रह गरे । साथै के–कस्ता उद्योगमा आत्मनिर्भर हुनसक्छौ खोजी गरी त्यसलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा इट्टा उद्योग संघका अध्यक्ष महेन्द्र चित्रकारले हाल सञ्चालनमा रहेका अधिकांश इट्टा उद्योगको दर्ता नै नभएको बताए । साथै पटकपटक मन्त्रालय तथा उद्योग विभागलगायतमा सूचना दिँदा पनि सुनुवाइ नभएको उनको गुनासो थियो ।

सो अवसरमा कम्प्युटर एशोसिएशन नेपालका अध्यक्ष विनोद ढकालले सूचना प्रविधिलाई ज्ञानमा आधारित उद्योगको रुपमा लिइनुपर्ने बताए भने महासंघका उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले हाल जलविद्युत क्षेत्रमा दुई ओटा परियोजनामा एउटै व्यक्ति निर्देशक बन्न नपाउने व्यवस्था रहेको भन्दै सो नियम खारेज गर्न आग्रह गरे । त्यस्तै उद्योग दर्ता प्रक्रियामा पैसा उठाउने र अनावश्यक दुःख दिन काम भइरहेको उनको भनाइ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL