Logo

चीनसँग ब्यान्ड्वीथ खरिददेखि, चन्द्रागिरी केवलकार उद्घाटनसम्म, यस्ताछन् साताका बिजनेस समाचार

चीनसँग ब्यान्ड्वीथ खरिददेखि, चन्द्रागिरी केवलकार उद्घाटनसम्म, यस्ताछन् साताका बिजनेस समाचार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले चीनसँग ब्यान्ड्वीथ खरिदका लागि व्यवसायीक सम्झौता गरेको छ । भारतसँग मात्र निर्भर रहँदै आएको नेपालको ब्यान्ड्वीथ अव चीनबाट पनि खरिद हुने भएपछि नेपाली मिडियामा राम्रो स्थान पाउन सफल भयो ।

केही समययता ओरालो लागेको सुन यो साता झन् उच्च रुपमा घट्न पुगेको छ । विवाहको सिजनमै सुनको मूल्य घट्नुले पनि नेपाली मिडियामा राम्रो स्थान पाएको हो । यो साता लामो समयपछि प्रतितोला ५२ हजार रुपैयाँभन्दा तल झरेको छ ।
नेपाली चेली पुष्पा बस्नेतले सिएनएन सुपर हिरोको उपाधि पाएको विषयले पनि मिडियाको ध्यान केन्द्रित गरेको छ भने निजी क्षेत्रबाट संचालित बन्द अवस्थामा रहेका उद्योगहरुलाई पुनः संचालनका लागि उद्योग मन्त्रालयले आवेदन माग गरेको विषय पनि चर्चामा रहन पुग्यो । नयाँ क्रेडिट रेटिङ कम्पनीको स्थापना तथा ऊर्जा सम्मेलनजस्ता विषयले पनि नेपाली मिडियामा राम्रै स्थान पाए ।

चन्द्रागिरी हिल्सद्वारा निर्मित चन्द्रागिरी केवलकारको औपचारिक उद्घाटनले मिडियाको मात्र नभई व्यवसायी तथा सर्वसाधरणको समेत मन तान्न सफल भएको छ । हजारौं व्यक्तिलाई आमन्त्रण गरी प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन गरिएको सो केवलकारले मिडियामा राम्रो स्थानमात्रै पाएन यसले सरकार र अन्य व्यवसायीलाई समेत सोच्न वाध्य बनायो ।

पेट्रोलियम निर्यातकर्ता मुलुकहरुको संगठन (ओपक) को पेट्रोलियम पदार्थको मूल्य बढाउने तथा नेपाल आइकाओको हवाइ सुरक्षा सुचिमा कायमै रहनुजस्ता इस्युहरुले पनि मिडियामा राम्रै स्थान पाउन साफल भए ।

विहीबार नेपाल टेलिकमको पोस्टपेट मोवाइमा आएको समस्याले धेरै मिडियामा उच्च स्थान पायो । जुन विषय मिडियामा मात्र नभई पौने ५ लाख पोष्टपेड मोवाइल प्रयोगकर्ताको चासोको विषय रहन गयो ।

भर्खरै सार्वजनिक गरेको नेपाल राष्ट्र बैंकको तथ्याङले पनि सवै मिडियाको ध्यान खिचेको छ । शुक्रबारका अनलाईन मिडिया र शनिवारमा पत्रपत्रिकामा पनि यसले आफ्नो स्थान जमाउन सफल रह्यो । अप्रत्यासित रुपमा नियन्त्रित मूल्य बृद्धितर्फ भने सवैको चासो गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL