Logo

लगानी सम्मेलनमार्फत लगानी सुरक्षाको प्रतिवद्धता जनाउँदै राजनीति दल, ३ सय विदेशी लगानीकर्ता आउँदै

लगानी सम्मेलनमार्फत लगानी सुरक्षाको प्रतिवद्धता जनाउँदै राजनीति दल, ३ सय विदेशी लगानीकर्ता आउँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले यही फागुनमा गर्न लागेको अन्तरराष्ट्रिय लगानी सम्मेलनमा ३ सय जना विदेशी लगानीकर्ता नेपाल आउने भएका छन् । अन्तररष्ट्रिय लगानीका लागि नेपाल उयुक्त गन्तव्य हो भन्ने विश्वास दिलाउने उद्देश्य अनुरुप फागुन १९ र २० गते हुने सो सम्मेलनमा उल्लेख्य मात्रामा विदेशी लगानीकर्ताको सहभागिता गराउन लागिएको सम्मेलनका अध्यक्ष तथा उद्योग मन्त्री नवीन्द्रराज जोशीले बताए ।

हार्नेसिङ इनभेष्टमेन्ट अपरच्युनिटी इन नेपाल भन्ने मुख्य नाराका साथ गर्न लागिएको सो सम्मेलनमा ऊर्जा तथा पूर्वाधार, सूचना तथा सञ्चार प्रविधि, पर्यटन, वित्तिय क्षेत्र, खानी तथा खनीज र कृषि प्रशोधन तथा उद्योगका क्षेत्रमा छलफल गरिने छ । सम्मेलनमा नेपालमा लगानी गर्दै आएका अन्रराष्ट्रिय कम्पनी तथा विश्वका स्थापित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई निम्ता गरिने भएको छ ।

मुलुकमा दीर्घकालिन आर्थिक समृद्धि र त्यसका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक भएको बताउँदै सम्मेलनमार्फत अन्तरराष्ट्रिय समुदायलाई लगानीको सुरक्षा हुन्छ भन्ने सन्देश दिइने जोशीले बताए । ‘लगानी सम्मेलनमा सबै राजनीतिक दलका नेताले अन्तरराष्ट्रिय समुदायलाई लगानी सुरक्षामा प्रतिवद्धता जनाउनेछन्,’ उनले भने, ‘त्यसले अन्तरराष्ट्रिय समुदायमा विश्वासको वातावरण बन्छ ।’

साथै सम्मेलनमा सन् २०३० सम्म नेपालको आर्थिक अवस्था कस्तो हुन्छ भन्ने स्पष्ट चित्र प्रस्तुत गरिने जानकारी दिँदै सम्मेलन अगाडि वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनी संरचना तयार गरिसक्ने तयारीमा मन्त्रालय लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL