Logo

जेसीबीको नयाँ शाखा सुर्खेतमा, देशभर ११ वटा स्थानबाट ‘थ्रि एस’ सुविधा

जेसीबीको नयाँ शाखा सुर्खेतमा, देशभर ११ वटा स्थानबाट ‘थ्रि एस’ सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सुर्खेतमा नयाँ ‘थ्रि एस’ शाखा सुरु गरेको छ । सो शाखाबाट ग्राहकले विश्वस्तरीय सेल्स, सर्भिस र स्पेयर सुविधा पाउने बताइएको छ । मध्यपश्चिम विकास क्षेत्रमा जेसीबी मेसिनहरुको बढ्दो मागलाई सम्बोधन गर्न जेसीबीले यहाँ नयाँ शाखा विस्तार गरेको हो ।

सुर्खेतको मुख्य क्षेत्र खजुरा चोकमा अवस्थित नयाँ शाखाको उद्घाटन विशेष समारोहबीच निर्माण व्यवसायी संघ, सुर्खेतका अध्यक्ष यमबहादुर बीसी र जेसीबी प्रोडक्ट सपोर्ट म्यानेजर बालकृषण बस्यालले संयुक्त रुपमा गरेका थिए । सुर्खेतमा शाखा विस्तारसँगै एमएडब्लु अर्थमुभर्सले देशभर ११ वटा स्थानबाट ‘थ्रि एस’ सुविधा दिनेछ । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ ।

एमएडब्लु अर्थमुभर्सले केही साताअघि जेसीबी लाइभलिंक प्रविधि नेपालमा ल्याएको थियो । यो प्रविधिमार्फत् मेसिनलाई टाढैबाट निगरानी र नियन्त्रण गर्न सकिन्छ । जेसीबी लाइभलिंकले जेसीबी मेसिनको सर्भिस, संचालन र सुरक्षा (एसओएस)बारे महत्वपूर्ण सूचना दिन्छ । यसले मेसिन चलेको समय, इन्धन खपत, इन्धनको मात्रा र इन्जिनमाथिको भारबारे समेत जानकारी दिन्छ जसले गर्दा कम संचालन खर्चमा पनि उत्पादकत्वलाई बढाउँछ ।
एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । ललितपुरमा अवस्थित जेसीबीमा हाल साढे दुईसयभन्दा बढी कर्मचारी कार्यरत छन् ।

अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । नेपालमा जेसीबीका ब्याकहो लोडर, ह्विल्ड लोडिङ शोभेल, ट्रयाक्ड एक्साभेटर, भाइब्रेटरी कम्प्याक्टर, स्किडड स्टिर लोडर र डिलर जेनसेट लगायतका उत्पादन उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL