Logo

बिनोद चौधरीले पाए लिडरशीप अवार्ड, विश्व बजारमा वाईवाईको हिस्सा दोब्बरले बढाउँदै

बिनोद चौधरीले पाए लिडरशीप अवार्ड, विश्व बजारमा वाईवाईको हिस्सा दोब्बरले बढाउँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीलाई फोस्र्ट एण्ड सलिभनले ग्रोथ, इनोभेसन एण्ड लिडरसिप अवार्ड २०१६ द्वारा सम्मानित गरेको छ । फोस्र्ट एण्ड सलिभनले चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई दृढता, लगनशीलता र नेतृत्वको कदर गर्दै ग्रोथ, इनोभेसन एण्ड लिडरसिप अवार्डद्वारा सम्मानित गरिएको बताएको छ । साथै नेपालको निजी क्षेत्र, स्वास्थ्य, शिक्षा, युवा सशक्तिकरण, र रोजगारीको क्षेत्रमा पुर्याएको योगदानको लागि सम्मान गरिएको आयोजकले बताएको छ ।

कार्यक्रममा चौधरीले, नेपालको आर्थिक विकासका लागि स्वस्थ र सबल निजी क्षेत्र आवश्यक रहेको बताए । ‘मेरो जन्मभूमि र कर्मभूमि नेपालमा मैले व्यावसायिक क्षेत्रको प्रवर्धनका लागि गरेको प्रयासको सम्मानको रुपमा मैले यो अवार्डलाई लिएको छु,’ सम्मान ग्रहण गर्दै चौधरीले भने, ‘नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रमात्र नभै अन्य जुनसुकै क्षेत्र र भूमिकाबाट योगदान गर्न म प्रतिबद्ध छु । नेपालको विकासमा हदैसम्म योगदान पु¥याउन चाहन्छु ।’

काठमाडौंको सोल्टी होटलमा बुधवार आयोजित कार्यक्रममा चौधरीलाई उक्त अवार्ड प्रदान गरिएको हो । आयोजक फोस्र्ट एण्ड सलिभनले पहिलोपटक नेपालमा उक्त अवार्ड कार्यक्रमको आयोजना गरेको हो ।

यसअघि बुधवारै काठमाडौंको सोल्टी होटलमा आयोजित जी. आइ. एल. सम्मेलनमा बोल्दै अध्यक्ष चौधरीले सन् २०२० सम्म आप्mनो सर्वाधिक लोकप्रिय ब्राण्ड वाइवाइलाई विश्व चाउचाउ बजारको ५ प्रतिशत हिस्सा हासिल गराउने लक्ष्य रहेको बताए । हाल वाइवाइले विश्व चाउचाउ बजारको २ दशमलव २ प्रतिशत हिस्सा ओगटेको छ । हाल विश्वका ३० देशमा खपत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL