Logo

रेमिट्यान्समार्फत भित्रने रमकमध्ये वार्षिक सवा ७ अर्ब उत्पादनमुलक क्षेत्रमा

रेमिट्यान्समार्फत भित्रने रमकमध्ये वार्षिक सवा ७ अर्ब उत्पादनमुलक क्षेत्रमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । वैदेशिक रोजगारीबाट देशमा भित्रने रेमिट्यान्समध्ये वार्षिक ७ अर्ब रुपैयाँ उत्पादनमुलक क्षेत्रमा लगानी हुने गरेको छ । रेमिट्यान्स मार्फत देशमा वार्षिक ६ खर्ब ६५ अर्ब रुपैयाँ भित्र्ने गरेपनि उत्पादनमुलक क्षेत्रमा नगन्य मात्रामा लगानी हुने गरेको एक अध्ययनले देखाएको छ ।

केही समय अघि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विप्रेषण प्राप्त गर्ने घरपरिवारको रिपोर्ट अनुसार उनीहरुले प्राप्त गर्ने रकममध्ये १ दशमलव १ प्रतिशत मात्र उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै आएका छन् । पछिल्लो समय देशमा रेमिट्यान्स भित्र्ने क्रम बढेपनि उत्पादनमुलक क्षेत्रको लगानी भने घट्दै गएको देखिन्छ । यस अघि रेमिट्यान्सबाट प्राप्त २ प्रतिशत रकम उत्पादनमुलक क्षेत्रमा लगानी हुँदै आएको एक अध्ययनले देखाएको थियो ।

पछिल्लो समय रेमिट्यान्सबाट प्राप्त रकम बचत गर्ने बानीको भने विकास भएको छ । त्यसरी प्राप्त रकममध्ये सवैभन्दा बढी हिस्सा बचत गर्ने गरेको सो रिपोर्टले देखाएको छ । सो अबधिमा कुल रकमको २८ प्रतिशत बचत गरेका छन् भने २५ दशमलव ३ प्रतिशत रकम वदेशिक रोजगारीमा जाँदा लागेको ऋण तिर्न खर्च हुने गरेको छ ।

यसैगरी, २३ दशमलव ९ प्रतिशत दैनिक उपभोग बस्तुमा खर्च हुने गरेको छ भने ९ दशमलव ७ प्रतिशत रकम शिक्षा तथा स्वास्थ्यमा खर्च गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL