Logo

राजस्व संकलनमा ३८ प्रतिशतले वृद्धि, ३ महिनामा उठ्यो ४१ अर्ब उठ्यो

राजस्व संकलनमा ३८ प्रतिशतले वृद्धि, ३ महिनामा उठ्यो ४१ अर्ब उठ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले राजस्व संकलनमा ३८ प्रतिशतले बृद्धि गरेको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा २९ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालू आवको असोज सम्ममा ४१ अर्ब ३७ करोड २८ लाख रुपैयाँ संकलन गरेको हो ।
विभागले संकलन गरेको सो रकम लक्ष्य भन्दा १०३ प्रतिशतले बढी हो । सो अवधिमा सरकारले ४० अर्व २८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

सो अवधिमा आन्तरिक राजस्व विभागले आयकर तर्फ १७ अर्व १६ करोड ७२ लाख ३३ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर १४ अर्व ५७ करोड १ लाख ८७ हजार रुपैयाँ र अन्तःशुल्क तर्फ रु. ९ अर्व २२ करोड ४३ हजार संकलन गरेको छ ।

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः १७ करोड ३७ लाख ६८ हजार रुपैयाँ र २४ करोड १६ लाख ३८ हजार रुपैयाँ संकलन गरेको छ ।

गत वर्षको तुलनामा आयकर वृद्धिदर १३८ प्रतिशत, मूल्य अभिववृद्धि कर वृद्धिदर १२३ प्रतिशत, अन्तशुल्कको वृद्धिदर १६८ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १२९ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३३ प्रतिशत रहेको विभागले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL