Logo

परराष्ट्र मन्त्री महतले भने, लोकमानको विषयमा कांग्रेसले बोल्ने बेला भएको छैन

परराष्ट्र मन्त्री महतले भने, लोकमानको विषयमा कांग्रेसले बोल्ने बेला भएको छैन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. प्रकाश शरण महतले आख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको विषयमा कांग्रेसले बोल्ने बेला नभएको बताए । ‘अन्य राजनीतिक दलहरुले के आधारमा महा अभियोग दर्ता गराएका हुन् सो विषयमा पार्टीभित्र छलफल भइरहेको छ,’ नुवाकोट–काठमाडौं पत्रकार समाजद्वारा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा भने, ‘तसर्थ यस विषयमा तत्काल कांग्रेसको धारण आउने छैन ।’

साथै महा अभियोगको विषयमा पार्टीमा पटक–पटक छलफल भइरहेको र सो सम्बन्धमा ठोस निर्णय आउन अझै समय लाग्ने उनको तर्क थियो । हाल महा अभियोगमा उठाइएका मुद्दाहरु ठिक छ कि छैनन् भन्ने विषयमा छलफल भइरहेको समेत उनले जानकारी दिए ।

यसैगरी हाल आफुले परराष्ट्र मन्त्रीको हैसियतमा विभिन्न देशसँग सम्बन्ध सुधार गरिरहेको जानकारी दिँदै आगामी दिनमा वैदेशिक लगानी भित्र्ने स्पष्ट पारे । ‘विशेष गरी चीन, भारत र अमेरिकासँग बैदेशिक लगानी ल्याउनका लागि पहल गरिरहेका छौं,’ उनले भने, ‘देशमा स्थायित्व भएसँगै विदेशी लगानी उच्च रुपमा भित्रनेछ ।’

हाल सरकारले पुनर्निमाणलाई प्राथमिकता दिएको जानकारी दिँदै अवका दिनमा अझै द्रुत गतिमा अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL