Logo

वायुसेवा निगमले माग्यो ७३ जना कर्मचारी, पाइलट नै २३ जना

वायुसेवा निगमले माग्यो ७३ जना कर्मचारी, पाइलट नै २३ जना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमले पाइलट सहित ७३ जना कर्मचारी माग गरेको छ । निगमले २३ जना पाइलट र ५० जना प्राविधिक कर्मचारी माग गरको हो ।

निगमले सिनियर क्याप्टेन ९, क्याप्टेन ७ र जुनियर क्याप्टेन ७ जना मागेको छ । आगामी दिनमा थपिने जहाज संचालनका लागि निगमले नयाँ आवेदन माग गरेको हो । जसका लागि आजका मितिबाट कार्तिक ११ गतेसम्म आवेदन बुझाउन सकिने छ भने दोब्बर दस्तुर तिरेर कात्तिक १८ गतेसम्म आवेदन दिन सकिने निगमले जनाएको छ ।

निगमले आज विज्ञापन प्रकाशित गरी आवेदन माग गरेको हो । जस अनुरार सिनियर पाइलटका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एयर ट्रान्सपोर्ट पाइलट लाइसेन्स पाएर कम्तीमा १० वर्ष पाइलट इन कमान्डको रुपमा उडान गरेको हुनुपर्ने छ । यसैगरी क्याप्टेनका लागि प्राधिकरणबाट लाइसेन्स लिएर कम्तीमा ४ वर्ष पाइलट इन कमान्डको उडान गरेको हुनुपर्ने छ भने जुनियर क्याप्टेनका लागि प्राधिकरणबाट लाइसेन्स लिई मल्टी इन्जिन एयरक्राफ्टको पाइलट इन कमान्ड गरेको हुनुपर्ने छ ।

यसैगरी निगमले विभिन्न क्षेत्रमा ५० जना प्राविधिक कर्मचारी माग गरेको छ । जस अनुसार सोही विमान संचालनका लागि वायुयान मर्मतमा बरिष्ठ प्राविधिक अधिकृत २० जना, जुनियर फ्लाईट डिस्प्याचर १० जना, सिभिल ओभरसियर दुई जना, ग्राउन्ड इक्युपमेन्ट अपरेटर १० जना, टेक्निसियन पेन्टर २ जना, टेक्निसियन टेलर १ जना र टेक्निसियन जेनरल टुल्स ५ जना मागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL