Logo

देशको अर्थतन्त्र नेपालीको हातमा नभएको अर्थमन्त्रीको भनाइ, सवै मिलेर अघि बढ्न आग्रह

देशको अर्थतन्त्र नेपालीको हातमा नभएको अर्थमन्त्रीको भनाइ, सवै मिलेर अघि बढ्न आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले नेपालको अर्थतन्त्र नेपालीको हातमा नभएको बताएका छन् । ‘नेपालको अर्थतन्त्र नेपालीको हातमा छैन,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १७औं वाषिर्क साधारण सभालाई सम्बोधन गर्दै मन्त्री महराले भने, ‘आफ्नो हातमा ल्याउनका लागि ठूलो प्रयासको जरुरी छ ।’

अहिले नेपालको राजनीनि र अर्थतन्त्र दुवै अप्ठ्यारोमा परेको जानकारी दिँदै यसलाई सहि दिशामा ल्याउन सवै एकजुट भएर अघि बढ्नुपर्ने बताए । साथै अर्थतन्त्रलाई सहि ट्रयाकमा ल्याउन अझै केही वर्ष संघर्ष गर्नुपर्ने उनको भनाइ थियो । ‘हामी २०४६ सालदेखि राजनीतिक सुधारका लागि लड्दै आएका छौं,’ उनले भने, ‘अव आर्थिक सुधारका लागि संघर्ष गर्नुपर्ने समय आएको छ ।

sejon_agm

 

अहिले सामन्तवादमा आधारित अर्थतन्त्रमाबाट प्रतिस्पर्धात्मक प्रवेश गरेको जानकारी दिँदै आगामी दिनमा एकजुट भएर अघि बढ्नुपर्ने समेत उनको भनाइ थियो । साथै देशमा लगानी मैत्री वातावरण बनाएर देशलाई उच्च आर्थिक बृद्धितर्फ लैजानुपर्ने समेत उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले देशको अर्थ तन्त्रलाई सहि ट्रयाकमा ल्याउन पत्रकारहरुले जनतालाई स्वच्छ र निष्पक्ष सुचना प्रवाह गर्नुपर्ने बताए । ‘जनतामा सुचनाको प्रवाह गर्ने माध्यन भनेको पत्रकार हुन्,’ उनले भने, ‘तसर्थ पत्रकारले सोही अनुरुप आफ्नो धर्म निर्वाह गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL