Logo

गुडविललले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुंजी ४५ करोड ३७ लाख पुग्दै

गुडविललले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुंजी ४५ करोड ३७ लाख पुग्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिने भएको छ। कम्पनीको भदौ २९ मा बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो।

सो प्रस्ताव नियामक निकाय र फाइनान्सको साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले बोनस शेयर पाउने छन। बोनस शेयर वितरणपछि फाइनान्सको चुक्ता पुंजी ४५ करोड ३७ लाख रुपैयाँ पुग्ने छ।

त्यस्तै सोहि संचालक समितिको बैठकले शेयरधनीहरुलाई ६० प्रतिशत हकप्रद दिने प्रस्ताव गरेको बताइएको छ। २०७४ असार मसान्त भित्र चुक्ता पुंजी ८० करोड रुपैयाँ पुर्याउन फाइनान्सले एकै पटक ६० प्रतिशत हकप्रद दिन लागेको हो।

६० प्रतिशत हकप्रद वितरणपछि फाइनान्सको चुक्ता पुंजी ७२ करोड ५९ लाख रुपैयाँ पुग्ने छ।

प्रतिक्रिया दिनुहोस्
MBL