Logo

सिटिजन्स बैंकको सहायक कम्पनी सञ्चालनमा, डिल्लीबजारबाट मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सेवा

सिटिजन्स बैंकको सहायक कम्पनी सञ्चालनमा, डिल्लीबजारबाट मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सेवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल क्यापिटलले धितो–पत्र व्यावसायीको कारोबार गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले धितो–पत्र व्यावसायीको कारोबार गर्न अनुमति दिएको हो ।

सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल क्यापिटलमा नागरीक लगानी कोष तथा उद्योगी व्यापारीको पनि लगानी छ। कम्पनीले काठमाडौं डिल्लीबजारबाट मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्ने छ।

धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (  मर्चेन्ट बैंकर नियमावली, २०६४ को अधिनमा रही धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता अण्डर राइटर शेयर रजिष्टा«र तथा लगानी व्यवस्थापन पोर्टफोलियो म्यानेजमेन्ट को काम गर्ने छ । साथै संस्थाले डि–म्याट खाता खोल्ने, शेयर अभौतिकीकरण गर्ने, सामुहिक लगानी कोषको प्रर्वद्धन गर्ने काम पनि गर्ने छ।

यता काठमाडौं बाहिरका लगानी कर्ताहरुले पूँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भै लगानी गर्न समस्या रहेको संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर)को सेवा सिटिजन्स बैंकका शाखा कार्यलयबाट दिने जानकारी दिएको छ ।

कम्पनीको संचालक समितिमा गणेश राज पोखरेल अध्यक्ष छन् । आजाद श्रेष्ठ, बोधराज देवकोटा तथा रामधन श्रेष्ठ सञ्चालक छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा समिरप्रसाद दाहाल र नायब प्रमुख कार्यकारी अधिकृतमा नलिना श्रेष्ठ भएको पनि बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL