Logo

४० युरोपेली मुलुकबाट ४० अर्व ६० करोडको आयात, ३१ सँग व्यापार घाटा

४० युरोपेली मुलुकबाट ४० अर्व ६० करोडको आयात, ३१ सँग व्यापार घाटा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष ०७२र७३ मा नेपालले कुल १ सय ८६ मुलुकसँग व्यापार (आयात–निर्यात) गरेको छ । जसमध्ये युरोपेली मुलुकसँग ४० अर्व ६० करोड रुपैयाँ बराबरको आयात भएको हो । सो आयात नेपालको व्यापारिक सम्वन्ध रहेका ४० युरोपेली मुलुकबाट भएको भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । नेपालको ४० युरोपेली मुलुकसँग व्यापारिक सम्वन्ध रहेकोमा अधिकांशसँग व्यापार घाटा रहेको छ । त्यसमध्ये ३१ देशसँग व्यापार घाटा रहेको रहेको छ भने ९ युरोपेली मुलुकसँग मात्र नाफामा रहेको तथ्याङ्कले देखाएको छ ।

गत आवमा युरोपेली मुलुकतर्फ निर्यात १३ अर्व २१ करोडमा सिमित छ । सो अवधिमा आइसल्याण्ड, लुथानीया, नर्वे, पोर्चुगल, स्लोभिनिया, युकेसँग आयात भन्दा निर्यात बढी भएको छ ।

त्यसोत गत आवमा १ सय ४० मुलुकसँग भएको व्यापारमा नेपालले घाटा व्यहोरेको भन्सार विभागको तथ्यांक छ । समीक्षा अवधिमा नेपालले ५३ वटा मुलुकबाट आयात मात्रै गरेको छ । त्यसमध्ये २ ओटा युरोपेलीमुलुक छन् । ती मुलुकमा एक रुपैयाँ बराबरको पनि निर्यात भएको छैन । जब कि निर्यात मात्रै भएका मुलुक भने १३ वटा छन् ।

पछिल्लो समय औद्योगिक–व्यावसायिक तथा दैनिक उपभोग्य वस्तुको आयात बढेको छ । यता नेपालबाट वस्तु निर्यातको बजार दायरा भने नबढेकोले व्यापारमा घाटा भएको बताइएको छ । जसले गर्दा अधिकांश युरोपेली मुलुकसँगको व्यापारमा नेपालले नोक्सान व्यहोर्नुपरेको देखिन्छ ।

नेपालले समिक्षा अवधिमा कुल ८ खर्ब ४४ अर्ब ९६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जसमा ७ खर्ब ४ अर्ब ४५ करोड रुपैयाँ घाटा भएको देखिन्छ । अघिल्लो आवमा नेपालले ७ खर्ब ९९ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । नेपालले विशेषगरी भारत, चीन, स्विट्जरल्यान्ड, इन्डोनेसिया, आइल्यान्डलगायत मुलुकसँग उच्च घाटा व्यहोर्दै आएको छ ।

सो अवधिमा नेपालको निर्यात उच्चदरमा घटेको छ । गत आवमा नेपालबाट ७० अर्ब २५ करोड रुपैयाँबराबरको निर्यात भएको छ । यो अघिल्लो आवको तुलनामा १७ दशमलव ५४ प्रतिशतले कमी हो । अघिल्लो आवमा ८५ अर्व १९ करोड बराबरको निर्यात भएको थियो । त्यसो त गत आवमा नेपालतर्फको आयातमा पनि कमी आएको छ । समीक्षा आवमा नेपालमा कुल ७ खर्ब ७४ अर्ब ७१ करोडको आयात भएको छ । यो अघिल्लो आवभन्दा १ दशमलव ४६ प्रतिशतले कमी हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL