Logo

सगरमाथाले ल्यायो ‘भीआईपी अन द स्पट’ बीमा योजना, दुर्घटना स्थलमै सेवा

सगरमाथाले ल्यायो ‘भीआईपी अन द स्पट’ बीमा योजना, दुर्घटना स्थलमै सेवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले नयाँ प्रडक्ट बजारमा ल्याएको छ । नेपालको बढ्दो बीमा बजारमा आफ्नो प्रभूत्व कायम राख्न ‘सगरमाथा भीआईपी अन द स्पट’ बीमा योजना ल्याइएको कम्पनीको प्रमखु कार्यकारी अधिकृत चंकि क्षेत्रीले जानकारी दिए । सो योजनाको सोमबार एक कार्यक्रमबीच बीमा समितिका अध्यक्ष प्राडा फत्तबहादुर केसी र कम्पनीको अध्यक्ष रामकृष्ण मानन्धरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा इन्स्योरेन्सका सीईओ क्षेत्रीले नयाँ योजनाको वारेमा जानकारी दिएका थिए । ‘क्षतिको समयमा नोक्सानीको मागदाबी र भुक्तानी प्रक्रियालाई सरलकृत बनाउने यो नयाँ सेवाले दुर्घटना भएको स्थलबाट ग्राहकले खबर गर्ने बित्तिकै स्थलगत रुपमा नै सेवा प्रदान गर्नेछ,’ उनले भने, ‘यो सेवा लामो कागजी प्रक्रिया र झन्झटबाट दिक्क भएका ग्राहकहरुलाई बरदान सावित हुने छ ।’ साथै सेवालाई चुस्त र छरितो बनाउन एउटा छुट्टै विभाग खडा गरी सेवा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL