Logo

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँ घट्यो, ग्याँसमा पनि २५ रुपैयाँ कमि

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँ घट्यो, ग्याँसमा पनि २५ रुपैयाँ कमि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोेलिमय पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपीजी ग्यासको मूल्य घटाएको हो ।

जस अनुसार पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिटिर २ रुपैयाँका दरले मूल्य घटाइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । यसैगरी खाना पकाउने ग्याँसमा भने प्रति सिलिण्डर २५ रुपैयाँका दरले मूल्य घटाइएको छ । यसअघि प्रतिसिलिण्डर १ हजार ४ सय रुपैयाँ पर्नेे ग्यास अब १ हजार ३ सय ७५ रुपैयाँमा पाइने छ ।

त्यस्तै पट्रोल अब प्रतिलिटर ९७ रुपैयाँमा पाइनेछ । यसअघि प्रतिलिटर ९९ रुपैयाँ रहेको थियो ।
ै डिजेल र मट्टितेल लिटरमा ७३ रुपैयाँ पाइने छ । यसअघि डिजेल र मट्टितेल प्रतिलिटर ७५ रुपैयाँमा पाइन्थ्यो । अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL