Logo

पूर्व अर्थमन्त्री डा. महतले भने, ‘नयाँ सरकारले पूरक बजेट ल्याउँदैन’

पूर्व अर्थमन्त्री डा. महतले भने, ‘नयाँ सरकारले पूरक बजेट ल्याउँदैन’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले आगामी दिनमा बन्ने सरकारले अहिलेकै बजेटलाई निरन्तरता दिने बताएका छन् । ‘अव बन्ने नयाँ सरकारले पूरक बजेट ल्याउँदैन,’ उनले भने, ‘यो बजेटको पनि विनियोजन विद्येयक भइसकेको छ यो अवस्थामा पूरक बजेट ल्याउनुको अर्थ रहँदैन ।’

केपी ओली सरकारले ल्याएका कार्यक्रमले निरन्तरता पाउने बताउँदै आगामी दिनमा बजेट सम्बन्धी अन्य विद्येयकहरु पनि पास गरिने बताउनु भयो । ‘बजेटमा कुनै अनावश्यक गल्ती भएपछि परिवर्तन गर्न सकिन्छ,’ उनले भने, ‘तर भएका कार्यक्रमले निरन्तरता पाउँछ ।’

राजनीतिक व्यवस्था जस्तो अर्थव्यवस्था द्रुत गतिमा परिवर्तन नहुने भन्दै सरकार बदलिएपनि अर्थव्यवस्था नवदलिने उनको तर्क थियो । ‘हिजो हामीले सुरु गरेका कार्यक्रमलाई वर्तमान सरकारले महत्व दियो, यो सरकारले सुरु गरेका कार्यक्रमलाई पनि नयाँ सरकारले महत्व दिनुपर्छ,’ उनले भने, ‘आर्थिक विकासका योजना निरन्तरका योजना हुन् । नयाँ सरकार आएपछि नयाँ योजना ल्याउलान् तर पनि तिनीहरुका अवधि हुन्छन् ।’

ओली सरकारले पेस गरेका कार्यक्रम पनि विगतकै निरन्तरता भएको उनको तर्क थियो । बाँडफाँड पनि विगतकै कार्यक्रम भएको र केही नयाँ कार्यक्रम मात्र काल्पनिक रहेको उनको भनाइ छ । कल्पना गरिएका योजनाहरुको कार्यान्वयनका लागि योजना बनाउनुपर्ने बताउँदै त्यसको लागि साधनस्रोत जुटाउनै समय लाग्ने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
MBL