Logo

अर्घाखाँची सिमेन्टले गर्यो वृक्षारोपण, २ हेक्टरमा १ हजार विरुवा रोपियो

अर्घाखाँची सिमेन्टले गर्यो वृक्षारोपण, २ हेक्टरमा १ हजार विरुवा रोपियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्घाखाँची सिमेन्टले २ हेक्टर जमिनमा बृक्षारोपण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृक्षरोपाण गरेको हो ।

कम्पनीले अर्घाखाँची जिल्लाको खाँचीकोट गाविसमा बृक्षारोपण गरेको हो । सो स्थानमा विभिन्न जातजातिका १ हजार विरुवा रोपेको कम्पनीले जानकारी दिएको छ । आफ्नो उद्योग, व्यवसायलाई समाजसँग एक आपसमा जोड्न विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आएकोमा यस पटक बृेक्षारोपण गरेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

कार्यक्रममा कम्पनीका महाप्रबन्धक महेन्द्र रावलले आगामी दिनमा स्थानीयस्तरमा वातावरण संरक्षणको अभियानलाई सहयोग गर्न वृक्षारोपण गरिएको बताए । साथै, अर्घाखाँची सिमेन्ट वातावरणीय सन्तुलन कायम गर्नका लागि हरसंभव प्रयासमा लागिरहने समेत उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL