Logo

पेनाल्टीमा चुकेका अर्जेन्टिनी स्ट्राइगर मेसीले लिए अन्तरराष्ट्रिय खेलबाट सन्यास

पेनाल्टीमा चुकेका अर्जेन्टिनी स्ट्राइगर मेसीले लिए अन्तरराष्ट्रिय खेलबाट सन्यास


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अन्तरराष्ट्रिय फुटवलबाट सन्यास लिएका छन् । कोपा अमेरिकाको फाइनल खेलामा टाइब्रेकरमा पराजित भएसँगै उनले अन्तरराष्ट्रिय खेलबाट सन्यान लिने घोषणा गरेका वीवीसीले जनाएको छ ।

अर्जेटिना र चिलीबीचको निर्धारित समयको खेलमा दुवैतर्फबाट गोल हुन नसकेपछि सो खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा मेसी गोलगर्नबाट चुकेका थिए । उक्त खेलमा अर्जेजिन्टना चिलीसँग ४–२ ले पराजित भएको थियो । पेनाल्टीमा गोलगर्न चुकेसँगै उनले अन्तरराष्ट्रिय खेलबाटै सन्यास लिने घोषणा गरेका हुन् । २९ वर्षीय मेसीले सन् २००५ बाट अर्जेन्टिनाको राष्ट्रिय टीममा डेब्यु गरेका थिए ।

अव उनको खेल जीवन क्लवमा मात्र सिमित हुने छ । अव उनको खेल स्पेनिस क्लव वार्सिलोनामा मात्र देख्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL