Logo

मलेशियाको प्रभु रेमिटलाई टेलेनर ग्रूपले किन्योे, एशियाली क्षेत्रमा पकड जमाउँदै

मलेशियाको प्रभु रेमिटलाई टेलेनर ग्रूपले किन्योे, एशियाली क्षेत्रमा पकड जमाउँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मलेशिया स्थित प्रभु मनि ट्रान्फरलाई त्यहाको डीजी टेलिकमले किनेको छ । टेलेनर ग्रूप  अन्तरगतको मलेशियाको मोवाइल सेवा प्रदायक कम्पनी डीजीले प्रभु मनि ट्रान्फरको सम्पूर्ण सेयर स्वामित्व खरिद गरेको त्यहाँबाट प्रकाशित दस्टार अनलाईनले जनाएको छ ।

एशियाली क्षेत्रमा मोबाइल बित्तीय सेवालाई प्रभावकारी बनाउने उद्देश्य अनुरुप प्रभु मनी ट्रान्सफरलाई किनेको कम्पनीले जनाएको छ । डीजी टेलिकमको नर्वेमा रहेको प्यारेन्ट कम्पनी टेलिनोरले प्रभुको सेयर खरिद गरेको हो । प्रभु मनि ट्रान्फर प्रभु ग्रूपले प्रवद्र्धन गरेको मलेशिया स्थिती कम्पनी हो ।

प्रभु मनी ट्रान्सफर मलेसियाले नेपाल, बंगलादेश, फिलिपिन्स, इण्डोनेसिया, बर्मा लगायतका मुलुकमा मनी ट्रान्सफर सेवा प्रदान गर्दै आएको छ । प्रभु मनी ट्रान्सफरसँग राम्रो ग्राहक संख्या रहेको र रेमिट्यान्स क्षेत्रमा अनुभवी रहेकाले कम्पनी खरिद गरेको टेलिनोरले जनाएको छ ।

तर, टेलिनोरले कति रकममा प्रभुको सेयर खरिद गरेको भन्ने केही पनि खुलाएको छैन । प्रभु खरिदसँगै डीजीले आगामी दिनमा रेमिट्यान्स पठाउने प्रक्रियालाई सरलीकृत र डिजिटलाइज गर्ने बताएको छ । आप्रवासी कामदारहरुले मोबाइल वालेटमार्फत् रेमिट्यान्स पठाउने अबस्था सिर्जना गर्ने लक्ष्यसहित प्रभु मनी ट्रान्सफर खरिद गरिएको उक्त अनलाईमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL