Logo

चितवनमा भाटभटेनीको १२ औ शाखा, ७५ करोड लगानी २ सयलाई रोजगारी

चितवनमा भाटभटेनीको १२ औ शाखा, ७५ करोड लगानी २ सयलाई रोजगारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले शनिबारबाट चितवनमा नयाँ शाखा संचालनमा ल्याएउने भएको छ । सुपरमार्केटले चितवनको भरतपुरमा आफ्नो १२ औं शाखा संचालमा ल्याउन लागेको हो । सुपरमार्केटले भर्खरै मात्र काठमाडौंको त्रिपुरेश्वर र धरानमा शाखा संचालनमा ल्याएको थियो ।

चितवनमा कुल ७५ करोड रुपैयाँको लगानीमा शाखा संचालनमा ल्याउन लागेको कम्नपीले जानकारी दिएको छ । उक्त शाखाबाट २ सयभन्दा बढीले रोजगारी पाउने भएका छन् । सुपरमार्केटले हालसम्म ५ हजार जनालाई रोजगारी उलपब्ध गराएको जानकारी दिएको छ ।

एकै ठाउँमा नूनदेखि सुनसम्म भन्ने नाराका साथ अघि बढेको भाटभटेनीले ग्राहकलाई सवै किसिमका सामान एकै थलोबाट उपलब्ध गराउँदै आएको छ । उक्त स्टोरबाट १ हजार स्वदेशीउत्पादनका साथै १० औं हजार विदेशी समान एकै स्थानबाट पाउने छन् ।

भाट–भटेनी सुपरमार्केटको उक्त शाखा उद्घाटनको अवसरमा ५ देखि १० प्रतिशतसम्म छुट दिइने भएको छ । जस अन्तरगत रेडिमेड गार्मेंन्टलगायतका सामानमा १० प्रतिशत र मदिरामा ५ प्रतिशत छुट दिइने भाटभटेनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL