Logo

सेनाको विस्कुटमा संसदको आँखा, कानुन विपरित खरिद गरेकोमा आपत्ति

सेनाको विस्कुटमा संसदको आँखा, कानुन विपरित खरिद गरेकोमा आपत्ति


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाले सार्वजनिक खरिद ऐन विपरित (हाइ इनर्जी) बिस्कुट खरिद गरेको भन्दै चासो व्यक्त गरेको छ ।

बिना प्रतिस्पर्धा एउटै कम्पनीबाट बिस्कुट खरिद गरेको भन्दै समितिले चासो देखाएको हो । सेनाले पशुपति बिस्कुट प्रालिमार्फत उत्पादित बिस्कुट खरिद गर्दै आएको छ ।
बैंठकमा बोल्ने सभासदहरुले सेनाको विस्कुट खरिद प्रक्रियाको विरोध गरेको छ । कार्यक्रममा नेकपा एमालेका सांसद् सुवास ठकुरीले सेनाजस्तो संस्थाले सार्वजनिक खरिद ऐनको उल्लङ्घन गरी विस्कुट खरिद गर्नु आपत्तिजन भएको बताए ।

यसैगरी, नेपाली काँग्रेस सांसद् महालक्ष्मी उपाध्यायले मुलुकमा हाइ इनर्जी बिस्कुटका अरु कम्पनी हुँदाहुँदै पनि एउटा मात्र कम्पनीबाट खरिद गर्नु नियमविपरित भएको बनाइन् भने एनेकपा (माओवादी)का सांसद् श्यामकृष्ण श्रेष्ठले अरु कम्पनीलाई असर पर्नेगरी एउटै कम्पनीबाट बिस्कुट खरिद गर्नु नराम्रो भएको बताए ।

तर, रक्षा मन्त्रालयका कामु सचिव सूर्यकान्त पन्थीले भने नेपाली सेनाले प्रयोग गर्ने बिस्कुट स्वास्थ्यका लागि राम्रो र सस्तो भएको बताए । छलफलमा समितिका सभापति भीष्मराज आङदेम्बेले नेपाली सेना सार्वजनिक निकाय भएकाले खरिद प्रक्रियामा ऐनअनुसार जानुपर्ने बताए ।

साथै सो सम्बन्धमा आगामी दिनमा रक्षा मन्त्रालय, उद्योग मन्त्रालय, सेना, नापतौल तथा गुणस्तर विभागका सरोकारवाला निकायसँग छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL