Logo

मेगा बैंकका कर्मचारीले गरे मिर्गौला पीडितलाई सहयोग, ५ लाख रुपैयाँ हस्तान्तरण

मेगा बैंकका कर्मचारीले गरे मिर्गौला पीडितलाई सहयोग, ५ लाख रुपैयाँ हस्तान्तरण


बिजखबर संवाददाता
0
Shares

मेगा बैंकका कर्मचारीहरुले मिर्गौला रोगबाट पीडित आफ्नै सहकर्मीलाई ५ लाख रुपैँया सहयोग गरेका छन् ।

दुवै मिर्गौलाले काम गर्न नसक्ने भएपछि स्वास्थोपचार गराइरहेका मेगा बैंक क्लियरिङ शाखाका निरोज डंगोललाई मेगा बैंक कर्मचारी युनियनको पहलमा ५ लाख रुपैँया सहयोग गरिएको हो । सो रकम मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र कर्मचारी युनियनका अध्यक्ष कीर्ति वाग्लेले संयुक्त रुपमा चेक हस्तान्तरण गरे ।

मेगा बैंकका सबै कर्मचारीको एक दिनको तलबबाट संकलित ४ लाख ७४ हजार ३ सय ९८ र युनियनका सल्लाहकार तथा पदाधिकारीबाट त्यसमा २५ हजार ६ सय २ रुपैँया थप गरी ५ लाख रुपैँया सहयोग गरिएको हो । मेगा बैंकका सिइओ शाहले आफ्नै सहकर्मीलाई सहयोग गर्नका लागि कर्मचारी युनियनले गरेको पहलको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL