Logo

नवनियुक्त महावाणिज्य दूत र चेम्बर पदाधिकारीबीच भेट, आर्थिक विकास प्राथमिकतामा

नवनियुक्त महावाणिज्य दूत र चेम्बर पदाधिकारीबीच भेट, आर्थिक विकास प्राथमिकतामा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नवनियुक्त महावाणिज्यदूत र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीबीच भेटवार्ता भएको छ । नव नियुक्त महावाणिज्य दूतहरु एकनारायण अर्याल, गोविन्द कार्की र कमल भट्टराईसँग चेम्बरका पदाधिकारील मुलुकको आर्थिक क्रियाकलाप प्रवद्र्धन गर्ने विविध विषयमा छलफल गरेको हो ।

सरकारले भर्खरै मात्र भारत कोलकाताका लागि महावाणिज्यमा राजदूत एकनारायण अर्याल, ल्हासाका लागि गोविन्द कार्की र हङकङका लागि कमल भट्टराईलाई नियुक्त गरेको थियो । नवनियुक्त महावाणिज्य दूतलाई स्वागतगर्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको विकासमा आर्थिक कुटनीतिको भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताए ।

अध्यक्ष श्रेष्ठले नेपालको प्रमुख नाका कोलकातामा सामान आयात निर्यात गर्न रहेको झन्झटिलो प्रकृयालाई सरलीकरण गर्न आवश्यक रहको बताउंदै निजी क्षेत्रलगायत सरोकारवाला निकायहरुलाई साथमा लिएर काम गर्न आग्रह गरे । यसैगरी ल्हासा भन्सारमा गत बैशाखको भुकम्पदेखि नेपाली सामानहरु छुटाउन नसकिएको तर्फ ध्यानाकृष्ठ गराउंदै रिरुटिङ गर्नु पर्ने बताए । साथै, हङकङसँगको व्यवसायमा भिसा प्रकृयालाई सरलीकरण गर्न समेत सुझाव दिए ।

यसैगरी, आर्थिक कुटनीतिलाई प्रभावकारी बनाउन महावाणिज्यदूतको कार्यालयमा सूचना कक्ष स्थापना गर्नु पर्ने तथा व्यवसायिक प्रतिनिधिमण्डलहरुको आदान प्रदानलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नवनियुक्त महावाणिज्यदूतहरुले नेपाल सरकारको नीति तथा कार्यक्रम लागू गर्न आफ्नो प्रमुख कर्तव्य रहेका जानकारी गराउँदै आर्थिक कुटनीतिको माध्यमबाट मुलुकको आर्थिक विकासमा जोड दिईने बताए । उनीहरुले निजी क्षेत्रसंगको छलफल तथा अन्तरक्रियाले आफ्नो कार्यसम्पादनमा सहजता आउने बताउंदै निजी क्षेत्रका समस्या समाधान गर्न आफूहरु सदैव तयार रहेको जानकारी दिए  ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेश कुमार अग्रवाल सचिव देवेन्द्र भक्त श्रेष्ठ, सन्तोषकुमार पाण्डे, सहकोषाध्यक्ष राजारत्न तुलाधर कार्यसमिति सदस्य राष्ट्रभूषण चाकुबजी, कृष्णमान श्रेष्ठ र दिपक श्रेष्ठको उपस्थिती रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL