Logo

अर्घाखाँची सिमेन्टले दियो भुकम्प प्रतिरोधी घर बनाउने प्रशिक्षण, २ सय जना प्रशिक्षित

अर्घाखाँची सिमेन्टले दियो भुकम्प प्रतिरोधी घर बनाउने प्रशिक्षण, २ सय जना प्रशिक्षित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्घाखाँची सिमेन्टले गुणस्तरिय तथा भूकम्प प्रतिरोधी भवन निर्माणको लागि निर्माणकर्मीलाई प्रशिक्षण दिएको छ । भुकम्पपछिको पुनर्मिणका लागि आधुनिक तरिकाबाट घर निर्माण गर्ने बारे तालीम प्रदान गरेको हो ।

अर्घाखाँचीले भक्तपुरका निर्माणकर्मी, ब्लक तथा रिङ उद्योगीहरुलाई उक्त तालीम दिएको हो । सिमेन्टले २ सय जना निर्माणकर्मी, ब्लक तथा रिङ उद्योगीहरुलाई सिमेन्टको गुणस्तरीयता र भूकम्प प्रतिरोधी भवन कसरी बनाउन सकिन्छ भन्ने बरेमा प्रशिक्षण दिएको थियो ।

निर्माणकर्मी, ब्लक तथा रिङ उद्योगीहरुलाई भूकम्प प्रविधि राष्ट्रिय समाजले तयार पारेको भिडियो सामाग्री देखाएर भूकम्प प्रतिरोधी भवन निर्माणको बारेमा प्रशिक्षण दिएको थियो । त्यस्तै भवन निर्माण गर्दा अर्घाखाँची सिमेन्टको प्रयोग महत्वपूर्ण हुनुमा गुणस्तरीयता प्रमुख कारण रहेको कम्पनीका सिनियर म्यानेजर—सेल्स एण्ड मार्केटिङ् रमेश थापाले बताए । साथै, मुलुकमा कर्यन्वयन भैरहेका ठूला आयोजनाहरुमा अर्घाखाँची ओपीसी सिमेन्ट प्रयोग हुँदै आएको समेत उनले जानकारी दिए ।

अर्घाखाँची अत्याधुनिक प्रविधिबाट उत्पादन गरिएको नेपालकै एक गुणस्तरीय ओपीसी सिमेन्ट भएको थापाले बताए । सिमेन्ट उत्पादन विधि र गुणस्तरीयताको विषयमा उद्योगका इन्जिनियर अभिनय जैसवालले प्रशिक्षण दिएका थिए । उद्योगले दैनिक १ हजार २ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL