Logo

प्रभु बैंक र गुरास लाईफबीच ‘बैंकाइस्युरेन्स’ समझदारी, गुरास मार्फत बीमा गराइने

प्रभु बैंक र गुरास लाईफबीच ‘बैंकाइस्युरेन्स’ समझदारी, गुरास मार्फत बीमा गराइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकाइस्युरेन्स उपलब्ध गराउन समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । जस अनुसार आगामी दिनमा प्रभु बैंकले आफ्ना ग्राहकहरुको आवश्यकता अनुसार गुराँस लाइफबाट इन्स्योरेन्स गराउने छ ।

आज एक कार्यक्रमबीच प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गुराँस लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक नारायणकुमार भट्टराईले उक्त समझदारी पत्रमा हस्ताक्षर गरे ।

समझदारी पत्र अनुसार प्रभु बैंकले गुराँस लाईफमार्फत आफ्ना ग्राहकको आवश्यकता अनुसार जीवन बीमा गराई ग्राहक सुरक्षाका साथै ऋण रकम समेत सुरक्षित गर्ने भएको छ । जस अनुसार गुराँस लाइफ इन्स्योरेन्सले हालै मात्र वार्षिक नगद फिर्ता योजना, अग्रीम भुक्तानी, सावधिक जीवन बीमा, जीवन श्री र जीवन रक्षकलगायत विभिन्न १० वटा जीवन बीमा योजनाहरु कार्यान्वयमा ल्याईने छ । ¬

प्रतिक्रिया दिनुहोस्
MBL