Logo

एसटीसी ग्यासको कोटा दोब्बरले बढ्यो, मासिक १ हजार टन ल्याउने

एसटीसी ग्यासको कोटा दोब्बरले बढ्यो, मासिक १ हजार टन ल्याउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले एसटीसी ग्याँसको आयात कोटा बृद्धि गरेको छ । एसटीसी सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन अन्तरगत रहेको ग्याँस कम्पनी हो ।

नाकाबन्दीको समयमा राम्रोसँग ग्याँस वितरण गरेको भन्दै प्रोत्साहन स्वरुप कोटा बढाउने निर्णय गरिएको आपूर्ति मन्त्रालयका प्रवक्ता दिपक सुवेदीले जानकारी दिए  । ‘नाकाबन्दीको समयमा २ हजार टन क्षमता भएका कम्पनीहरुले सहज र सरल रुपमा ग्याँस वितरण गर्न सकेनन्,’ उनले भने, ‘तर, ५ सय टन क्षमता भएको एसटीसीले त्योभन्दा राम्रो तरिकाबाट ग्याँस वितरण गर्यो ।’

निजी कम्पनीहरुले ग्याँस ल्याएर आफुखुशी वितरण गरेकाले आगामी दिनमा सरकारको उपस्थिती वलियो बनाउनका लागि पनि बाध्य भएर एसटीसीको कोटा बढाउनु परेको सुवेदी बताउँछन् । हाल एसटीसीले मासिक ५ सय टन ग्याँस आयात गर्दै आएको छ । तर, आगामी दिनमा १ हजार टन ग्याँस आयात गर्ने सुवेदीले जानकारी दिए ।

हाल एसटीसीले ३३ हजार सिलिन्डरमा ग्याँस भर्दै आएको थियो । कोटा बृद्धिसँगै आगामी दिनमा ७० हजार सिलिन्डरमा ग्याँस भर्नेछ । नाकाबन्दीको समयमा कम ग्याँस आयात गर्ने एसटीसीबाट उपभोक्ताले सहज रुपमा ग्याँस पाएर तर, बढी क्षमता भएकोबाट नपाएको समेत सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL