Logo

२६ औं वर्षमा प्रवेश लगानी कोष, पौने ७२ अर्ब परिचालन

२६ औं वर्षमा प्रवेश लगानी कोष, पौने ७२ अर्ब परिचालन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नागरिक लगानी कोष २५ औं वर्ष पुरा गरी २६ औं वर्षमा प्रवेश गरेको छ । जनतालाई बचत गर्ने बानीको विकास तथा पूँजी बृद्धि गरी लगानी गर्ने उद्देश्य अनुरुप २०४७ सालमा स्थापना भएको कोषले हालसम्म ७१ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ परिचालन गरेको छ ।

काषले हाल आफ्नो लगानी रकममा वार्षिक २० देखि २५ प्रतिशतले बृद्धि गर्ने लक्ष्य लिएको छ । जसका लागि पोर्टफोलियो विश्लेषण गरी लगानी गर्ने, व्यवस्थापनमा समयसापेक्ष सुरधारलगायतका कार्यक्रम अघि सारेको छ ।

कोषले गत आर्थिक वर्षमा मात्र ४ अर्ब ५६ करोड रुपैयाँ थप वचत संकलन गरेको थियो । हाल कोषले पोखरा तथा विराटनगरमा शाखा विस्तार गरी सेवा प्रदान गर्दै आएको छ ।
हाल कोषले कर्मचारी बचत बृद्धि अवकाश कोष, बीमा कोष, उपदान तथा पेन्सन कोष, पूजी बजार सेवा, धितोपत्र निष्काशन, सेयर कर्जा, परियोजना कर्जा लगायतका क्षेत्रका काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL