Logo

६६ सदस्यीय टोली लिएर प्रधानमन्त्री ३ बजे भारत जाँदै

६६ सदस्यीय टोली लिएर प्रधानमन्त्री ३ बजे भारत जाँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओली दिउसो ३ बजे भारत प्रस्थान गर्ने भएका छन । ६६ सदस्यीय टोली लिएर उनी नेपाल एयरलाईन्सको जहाजमा भारत भ्रमणमा जान लागेका छन् । विहान नेपालमा प्रजातन्त्र दिवस मनाएका प्रधानमन्त्री ओली बेलुका भने भारत पुग्ने छन् ।

उनको टोलीमा परराष्ट्र मन्त्री, अर्थ मन्त्री, गृहमन्त्री र उच्चपदस्थ कर्मचारी सहित ४६ जना सरकारी कर्मचारी रहेका छन् भने २० जना निजी क्षेत्रका उद्योगी व्यवसायीहरु रहेका छन् ।

भ्रमणमा कुनै सन्धी सम्झौता भन्दा पनि सम्बन्ध सुधारमा केन्द्रित हुने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् । उनी खास कुनै एजेण्डा विना नै भारत भ्रमणमा जान लागेका हुन् । आफ्नो भ्रमणले दुई देशबीच विग्रीएको सम्बन्ध मजबुद हुने ओलीले दावी गरेका छन् ।

तर, भ्रमणका बेला प्रशारण लाईन निर्माण, पुनर्निमाण सम्मेलनमा भारतले प्रतिवद्धता जनाएको सहयोग रकम, भारतको सहयोगमा निर्माणाधिन अवस्थामा रहेका आयोजनाहरुको विषयमा भने छलफल हुने अर्थमन्त्रालयले जानकारी दिएको छ । कुनै खास विषयमा सम्झौता नहुुने भएपनि मन्त्रालयगत रुपमा छलफल हुने भ्रमणटोलीका एक सदस्यले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL