Logo

प्राइम बैंकको नाफा १० करोडले बढ्यो, खराव कर्जा घट्यो

प्राइम बैंकको नाफा १० करोडले बढ्यो, खराव कर्जा घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ४६ करोड ९२ लाख खुदनाफा आर्जन गरेको छ । बैंकले गतवर्षको सोही अवधिको तुलनामा १० करोड रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत आवको सो अवधिमा ३६ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । हाल बैकको चुक्ता पुँजी ३ अर्व ७० करोड ५२ लाख रुपैंया रहको छ ।

बैंकले सो अवधिमा ६९ करोड ३८ लाख रुपैया खुद व्याज आम्दानी गरेको छ । खुद व्याज आम्दानीमा सामान्य मात्र बृद्धि भएको छ । बैंले गत आवमा ६५ करोड १९ लाख रुपैया खुद व्याज आम्दानी गरेको थियो । बैंकको जगेडा कोषमा १ अर्व ९ करोड ६७ लाख रुपैया पुर्याएको छ

बैंकले सो अवधिमा ४२ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको खराब कर्जा घटेर १ दशमलब ४६ प्रतिशत झरेको छ । बैंकको प्रतिसेयर बजारमुल्य ५ सय १९ रुपैया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL