Logo

कोइरालाको निधप्रति निजीक्षेत्रद्धारा दुःख व्यक्त, भन्छन्, प्रेरणाको स्रोत गुमायौं

कोइरालाको निधप्रति निजीक्षेत्रद्धारा दुःख व्यक्त, भन्छन्, प्रेरणाको स्रोत गुमायौं


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री कोइरालाको निधनप्रति निजी क्षेत्रले दुःख व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्वर अफ कमर्सलगायत निजी  क्षेत्रहरुले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रेस विज्ञप्ति जारी गर्दै नेपालको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भुमिकामा रहेर असाधरण योगदान पुर्याएका कोइरालाको निधनबाट मुलुकलाई अपुरणीय क्षति पुगेको बताएको छ ।

त्यस्तै उनको कार्यकालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी तथा गणतन्त्र संस्थागत हुन गएको भन्दै कोइरालाले यस कार्यमा पाएको सफलताको सिंगो निजी क्षेत्रले उच्च प्रशंसा गर्ने विज्ञप्तिमा उल्लेख छ । यसैगरी निजी क्षेत्रका हिमायती कोइराला मुलुकको आर्थिक विकासका लागि चिन्तित रहेको समेत महांघले जानकारी दिएको छ ।

Fncci-and-Cni-Logo

यसैगरी कोइरालाको निधनले सरल स्वभाव र इमान्दार व्यक्ति गुमाउनुपरेको सिएनआईका अध्यक्ष नरेन्द्र बस्न्यातले बताए । ‘कोइराला इमान्दार राजनीतिककर्मीका साथै  निजीक्षेत्रमैत्री समेत थिए,’ उनले भने ‘ उनको निधनसँगै निजी क्षेत्रलाई स्तब्ध बनाएको छ ।’

कोइरालाको निधनले राष्ट्रबादी र स्वच्छ नेता गुमाएको नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । ‘स्वच्छ र राष्ट्रबादी नेताको उदाहरण दिदाँ हामीले उनै कोइरालालाई सम्झन्थ्यौ,’ उनले भने ‘अव त्यो उदाहरण नै गुमायौ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL