Logo

अख्तियारद्वारा सशस्त्रका पूर्वआईजी सहित ४ जान विरुद्ध मुद्दा दायर, २ करोड ३७ लाख विगो माग

अख्तियारद्वारा सशस्त्रका पूर्वआईजी सहित ४ जान विरुद्ध मुद्दा दायर, २ करोड ३७ लाख विगो माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अुनसन्धान आयोगले सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सहित ४ जना विरुद्ध विशेष अदातलमा मुद्दा दायर गरेको छ । मालसामान ढुवानीमा नक्कली विल भरपाई बनाएर अनिमियता गरेको भन्दै उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारले पूर्व महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठलाई ८० लाख ९३ हजार विगो सहित मुद्दा दायर गरिएको छ । यसैगरी, वाहालवाला निरीक्षक तकमान महरा विरुद्ध पनि ८० लाख ९३ हजार रुपैयाँ नै विगो दावी गरिएको छ भने प्रहरी नायव उपरिक्षक रामचन्द्र श्रेष्ठ विरुद्ध १८ लाख ३९ हजार विगो दावी गरिएको छ ।

अख्तियारले सो कार्यमा संलग्न अतिथि ट्रान्सपोर्टका भरत थापालाई भने ५७ लाख २१ हजार विगोदावी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ । मालसामान ढुवानीमा नक्कली विल भरपाई बनाउने ४ जना विरुद्ध २ करोड ३७ लाख ४८ हजार रुपैयाँ विगोदावी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो । उक्त घटनामा अख्तियारले केही समययता अनुसन्धान गरिरहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL