Logo

अर्थमन्त्री भारत प्रस्थान, भ्रमण आर्थिक कुटनीति सुधारमा केन्द्रित हुने

अर्थमन्त्री भारत प्रस्थान, भ्रमण आर्थिक कुटनीति सुधारमा केन्द्रित हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्थ मन्त्री विष्णु पौंडेलले आफ्नो भारत भ्रमण आर्थिक कुटनीतिक सुधारमा केन्द्रित रहने बताएका छन् । भारत जानुअघि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीका लागि जान लागेका अर्थमन्त्री पौडेलले भारतीय परराष्ट्र मन्त्री र वित्त मन्त्रीसँग भेटवार्ता गर्ने भएका छन् ।

पौडेलका अनुसार भारतले दाता सम्मेलनमा सहयोग गर्न वाचा गरेको १ खर्ब रुपैयाँ सहयोग रकमको परिचालनको विषयमा छलफल हुने छ । ‘भारतले दाता सम्मेलनमा सहयोगका लागि प्रतिवद्धता जनाएको सो रकम कसरी ल्याउने र खर्च गर्ने भन्ने सम्बन्धमा गहन रुपमा छलफल हुने छ,’ उनले भने ।

भेटको क्रममा भारतीय सहयोगमा संचालनमा रहेका परियोजनाको कार्यान्वयनको अवस्था तथा सहमति भैसकेका परियोजनालाई कसरी कार्यान्वयमा लैजाने भन्ने विषयमा समेत छलफल हुने भएको छ । सो भेटमा आगामी दिनमा नेपाल भारत सम्बन्धलाई कसरी प्रगाढ रुपमा अघि बढाउने भन्ने विषयमा समेत छलफल हुनेछ ।

छलफलमा हाल भारतले नेपाललाई लगाउँदै आएको नाकाबन्दीको विषयमा पनि छलफल हुने भएको छ । नेपालमा संविधान निर्माण पछिको अवस्था तथा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल हुने छ । साथै, विगतलाई भन्दा भविश्यलाई केन्द्रमा राखेर छलफल गरिने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL