Logo

डा. महत भन्छन्, वैदेशिक व्यापारलाई राजनीतिसँग जोड्न मिल्दैन, कुटनीतिक पहल चाल्न सरकार चुक्यो

डा. महत भन्छन्, वैदेशिक व्यापारलाई राजनीतिसँग जोड्न मिल्दैन, कुटनीतिक पहल चाल्न सरकार चुक्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । वैदेशिक व्यापारलाई आन्तरिक राजनीतिकसँग जोडेर हेर्न नमिल्ने पूर्व अर्थमन्त्री डा. रामशरण महतले बताए । ‘देशको आन्तरिक राजनीति र वैदेशिक व्यापार दुई फरक पाटा हुन्,’ उत्कृष्ट अर्थ मन्त्रीको अवार्ड लिएर फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थमा पत्रकारसँगको कुराकानीमा उनले भने, ‘तसर्थ छिमेकी मुलुकले यसलाई सरभर छिटो समाधान गरिदिनुपर्छ ।’

भारतसँगको कुटनीतिक पहल गर्न सरकार चुकेको भन्दै यसलाई तत्काल अघि बढाउन आग्रह गरे । ‘अहिले सरकारले भारतसँग कुटनीतिक कदम चाल्न ढिलासुस्ती गरिरहेको छ,’ उनले भने, ‘यसको समाधान जतिसक्दो चाडो गरिनुपर्छ ।’

नेपालमा भुकम्प पछिको पुनर्निर्माणलगायतका काम द्वुत गतिमा अघि नवढेको भन्दै दातृ निकायले चिन्ता व्यक्त गरेको समेत उनले जानकारी दिए । ‘दातृ निकायले भुकम्पछिको पुनर्निर्माणको काम अघि नबढेको भन्दै ठूलो चिन्ता व्यक्त गरेका छन्,’ उनले भने, ‘सरकारले जतिसक्दो छिटो पुनर्निर्माणको काम शुरु गर्नुपर्छ ।’

विश्वको उत्कृष्ट अर्थमन्त्रीको अवार्डले आफुमा हौसला प्रदान गरेकोे भन्दै आगामी दिनमा हुने पार्टी महाधिवेशनमा पार्टी नेतृत्वका लागि अघि बढ्ने समेत जानकारी दिए । यस अघि पनि आफुले कुनै स्वार्थ नराखी काम गरेको र आगामी दिनमा पनि व्यक्तिगत स्वार्थभन्दा माथी उठेर काम गर्ने महतले जानकारी दिए ।

केही समय अघि मात्रै लण्डनस्थित द फाइनान्सियल टाइमको सहप्रकाशन द बैंकरले आफ्नो ९० औं वाषिकत्सवको अवसरमा उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको थियोे ।  बैंकरले प्रत्येक बर्ष दिदै आएको यो पुरस्कार यसपटक महतलाई प्रदान गरिएको हो ।

नेपालको अर्थतन्त्रमा गरेको सुधार र विशेषगरी भूकम्पपछिको पुननिर्माणका लागि अर्थमन्त्रीका हैसियतले अन्तरराष्ट्रिय समुदायको ध्यानाकृष्ट गरी स्रोत परिचालन गर्न सफल भएको भन्दै उनलाई सो पुरस्कार प्रदान गरिएको थियो । साथै, भूकम्पपछि उत्पन्न नेपालका चुनौती परिभाषित गरी अर्थतन्त्रको बचाउका लागि निर्बाह गरेको भूमिकाका लागि डा.महतलाई यो पुरस्कार प्रदान गरिएको द बैंकरले जनाएको छ । डा.महत एसिया प्रशान्त क्षेत्र र विश्वका उत्कृष्ठ अर्थमन्त्री पुरस्कार पाउने दक्षिण एसियाकै पहिलो व्यक्ति हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL