Logo

नेपाल र चीनका अर्थमन्त्रीबीच भेटवार्ता, आर्थिक र प्राविधिक सहयोग विस्तार

नेपाल र चीनका अर्थमन्त्रीबीच भेटवार्ता, आर्थिक र प्राविधिक सहयोग विस्तार


बिजखबर संवाददाता
0
Shares

अर्थमन्त्री विष्णु पौडेल र चिनीयाँ अर्थमन्त्री ली जुवेईबीच भोटवार्ता भएको छ । एशियाली पूर्वाधार विकास बैंकको उद्घाटन समारोह तथा बोर्ड अफ गभर्नरको बैंठकमा भाग लिन चीन गएका अर्थमन्त्री पौडेलले सोही अवसरमा जुवेईसँग भेटवार्ता गरेका हुन् ।

भेटमा चिनीयाँ अर्थमन्त्री जुवेईले नेपाललाई आगामी दिन आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपाल र चीनबीच लामो घनिष्ट सम्बन्ध रहेका बताउँदै आगामी दिनमा सहयोगलाई निरन्तरता दिनुका साथै बृद्धि गर्ने समेत बताए ।

कार्यक्रममा पौडेलले इन्धन आपूर्ति र पूर्वाधार विकासमा चिनीयाँ लगानी खाचो भएको बताए । साथै, प्रधानमन्त्री केपी शर्माओलीको भ्रमण अगावै व्यापार, पारवहन र लगानीका सम्बन्धमा ठोस निर्णयमा पुग्न नेपाल र चीनबीचको उच्चस्तरिय संयन्त्रको बैंठक राख्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL