Logo

अरुण तेस्रोको पहुँचमार्ग बनाउँन समझदारी पत्रमा हस्ताक्षर , डेढ वर्षभित्र निर्माण सम्पन्न

अरुण तेस्रोको पहुँचमार्ग बनाउँन समझदारी पत्रमा हस्ताक्षर , डेढ वर्षभित्र निर्माण सम्पन्न


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाका लागि आवश्यक सडकमार्ग निर्माण गर्न सझदारी पत्रमा हस्ताक्षर भएको छ । संखुवासभामा बन्न लागेको ९ सय मेगावाटको उक्त जलविद्युत आयोजनका लागि पुहँच रोड निर्माण गर्न सडक विभाग र आयोजना निर्माण कम्नपी एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीबीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सझदारी पत्रमा सडक विभागका तर्फबाट कोशी राजमार्ग आयोजना प्रमुख गोपालप्रसाद सिग्देल र एसजेवीएनका प्रमुख कार्यकारी अधिकृत रोशनलाल नेगीले हस्ताक्षर गरे । उक्त सझदारी अनुसार आगामी ३ महिनाभित्रै निर्माणकार्य शुरु गर्नु पर्ने छ । संखुवासभाको छ्याङकुटीदेखि दिदिङसम्मको २८ दशमलव ६९ किलोमिटर उक्त सडकखण्डको निर्माणकार्य डेढवर्ष भित्रै सक्नुपर्ने समेत उक्त समझदारी पत्रमा उल्लेख छ ।

कार्यक्रममा एसजेवीएनका सीईओ नेगीले तोकिएको समयभित्रै आयोजना सम्पन्न गर्ने बताए । साथै परियोजना विकासका लागि जग्गा अधिग्रहण लगायतका विषयमा देखिने समस्या समाधानका लागि सहयोग गर्न सरकारसँग अनुरोध गरेका छन् ।

लगानीबोर्डले तयार पारेको परियोजना विकास सम्झौताका नौ नीतिगत सिदान्तमध्ये ‘नमूना सामुदायिक हित’ अन्तरगत रहेर उक्त सम्झौता गरिएको छ । साथै, उक्त आयोजना निर्माणका लागि नेपाल विद्युतप्राधिकरणको स्वामित्वमा रहेको जग्गा समेत हस्तान्तरण भइसकेको बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL