Logo

सान्जेन र रसुवागढीमा सभामुख देखि उर्जामन्त्रीको सेयर आवेदन, कसले कति भरे ?

सान्जेन र रसुवागढीमा सभामुख देखि उर्जामन्त्रीको सेयर आवेदन, कसले कति भरे ?



काठमाडौं । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवागढी जलविद्युत कम्पनी र सान्जेन जलविद्युत कम्पनीमा सभामुख कृष्णबहादुर महराले आवेदन दिएका छन ।

सर्वसाधारणका लागि खुलाईएको १५ प्रतिशत सेयरमा सभामुख महराले रसुवागढीमा १ लाख बराबरको १ हजार कित्ता तथा सान्जेनमा ५० हजार बराबरको ५ सय कित्ताका लागि आवेदन दिएका हुन । शुक्रबार निष्काशन गरिएको आईपीओमा सभामुख महराकी धर्मपत्नी सिता महराले पनि दुबै आयोजनाका लागि क्रमशः १ हजार र ५ सय कित्ताका लागि सेयर आवेदन दिएकी छन ।

उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा जनताको जलविद्युत आयोजनाको लागि आईपीओ निष्काशन गर्ने कार्यक्रममा उर्जामन्त्री वर्षमान पुनले पनि रसुवागढीमा १ हजार र सान्जेनमा ५ सय कित्ता सेयरका लागि आवेदन दिएका छन । पुर्व सभामुख ओनसरी घर्तीले पनि रसुवागढी र सान्जेनमा क्रमशः १ हजार र ५ सय कित्ता सेयरका लागि आवेदन दिएकी छन ।

दुवै आयोजनाहरुको ७ अर्व २४ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा नेपाल विद्युत प्राधिकरणको १० दशमलव ३६ प्रतिशत, चिलिमे जलविद्युत कम्पनीले ३९ दशमलव ३६ प्रतिशत र कर्मचारी संचयकोषको २४ प्रतिशत लगानी रहने उक्त आयोजनाहरुमा सर्वसाधारणका लागि भन्दै १५ प्रतिशत सेयर तोकिएको थियो । सर्वसाधारणका लागि तोकिएको १५ प्रतिशत अर्थात ५४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर आज निष्काशन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL