Logo

धितोपत्र बोर्डले भन्यो, एक पटकमा ५ लाखभन्दा बढीको सेयर किन्दामात्र प्यान अनिवार्य

धितोपत्र बोर्डले भन्यो, एक पटकमा ५ लाखभन्दा बढीको सेयर किन्दामात्र प्यान अनिवार्य



काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक पटकमा ५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदगर्दा मात्र अनिवार्य स्थायी लेखा नम्बर (प्यान) चाहिने व्यवस्था गरेको छ ।

बोर्डले अघिल्लो हप्ता बैंशाख १ गतेदेखि दोस्रो बजारमा ५ लाख रुपैयाँको सेयर खरिद गर्दा प्यान नम्बर अनिवार्य चाहिने व्यवस्था गरेको थियो । तर, एक पटकमा ५ लाख वा दिनभरमा ५ लाख रुपैयाँको सेयर खरिद भन्ने विषयमा अन्यौल भएपछि बोर्डले आज विज्ञप्ती जारी गर्दै स्पष्ट पारेको हो ।

तर, १ पटकमा ५ लाखभन्दा कमको सेयर खरिद गर्ने साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गरिएको समेत बोर्डले जानकारी दिएको छ । जस अनुसार दोस्रो बजारमा धितोपत्र खरिद वा बिक्री गर्दा दिनभरीको कारोबार जति भएपनि एक पटकमा ५ लाख भन्दा बढी नभएमा प्यान नम्बर चाहिने छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL