Logo

३ वर्ष पछि ११ सय तल झरेको बजार अन्तिममा ७ अंकले बढ्यो, कारोबार रकममा देखिएन सुधार

३ वर्ष पछि ११ सय तल झरेको बजार अन्तिममा ७ अंकले बढ्यो, कारोबार रकममा देखिएन सुधार



काठमाडौं । लामो समयपछि ११ सय अंकभन्दा तल ओर्लिएको बजार अन्तमा सुधार आएको छ । ३ बर्षपछि सोमबार दिउँसो ११ सय अंकभन्दा तल झरेको बजार अन्तमा ७ दशमलव ४१ अंकले सुधार हुँदै ११०९ अंकमा पुगेर रोकिएको छ ।

बजार बन्द हुने अन्तिम समयमा आएर परिसुचक बढेपनि कारोबार रकम भने बढ्न सकेन । दिनभर कुल २० करोड ३८ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ । जसमा १ सय ६६ कम्पनीको ७ लाख २० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

अन्तिम समयमा आएर बढेको बजारमा फाइनान्स बाहेक सबै समुहका पसिुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ७२ अंकले बढ्दा जीवन बीमा समुहको परिसुचक ६० अंकले उकालो लाग्न पुगेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक पनि अन्तिम समयमा आएर ४ अंकले उकालो लागेको छ । यसैगरी बजारमा माईक्रो फाइनान्स समुहको परिसुचक १० अंकले बढ्दा विकास बैंक २, उत्पादनमुलक २० र अतिरिक्त समुहको परिसुचक १० अंकले उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL