Logo

वियरिस ट्रेण्ड समातेको नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम २० करोडभन्दा तल

वियरिस ट्रेण्ड समातेको नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम २० करोडभन्दा तल



काठमाडौं । केही समययता वियरिस ट्रेण्ड समातेको नेप्सेमा आईतबार दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो दिन बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १४ अंकले घटेको हो ।

वियरिस ट्रेण्ट समातेको नेप्सेमा पछिल्लो समय कारोबार रकम र नेप्से परिसुचक दुबैमा उच्च गिरावट आएको छ । आईतबार नेप्से परिसुचक दोहोरो अंककले घट्दै १ हजार १ सय ८४ अंकमा झरेर अडिएको छ भने कारोबार रकम १९ करोड ७२ लाख रुपैयाँमा खुम्चिएको छ ।

बजारमा सबै समहुका परिसुचक ओारालो लागेका छन् । जसमा बीमा समुहको परिसुचक ८९ अंकले ओरालो लाग्दा बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि १२ दशमलव १४ अंकले घट्न पुगेको छ ।

यसैगरी बजारमा विकास बैंक समुहको परिसुचक २० अंकले घट्दा लघुवित्त २५, होटल १८ र फाइनान्स समुहको परिसुचक ६ अंकले ओरालो लागेको छ । दिनभर कुल १ सय ५८ कम्पनीको ६ लाख १९ हजार कित्ता सेयर खरिदबिक्री भए । तर, कुनै पनि कम्पनीले कारोबार १ करोड रुपैयाँ छुन सकेन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL